मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

इजरायलमा आउँदो शुक्रबार `के म तिम्रो साथी बन्न सक्छु`

फिल्मीखबर, काठमाण्डौ, 2012/04/16

मलेसियामा प्रिमियर भई दर्शकको राम्रो प्रतिक्रिया पाएको फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' लाई इजरायलमा पनि रिलिज गरिंदैछ । आउँदो शुक्रबार इजरायलको बारबोर हलमा हुन लागेको फिल्मको बिशेष प्रदर्शनीका लागि निर्माता कृषा चौलागाईँ भोली साँझ त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

 

नयाँ बर्ष २०६९ सालको शुभकामना आदानप्रदान सहित ओएस नेपाल र एक्सन युथ क्लबले फिल्मलाई प्रदर्शन गर्न लागेको हो । फिल्म शो पश्चात आयोजकले डान्स पार्टीको समेत आयोजना गर्नेछ जसमा निर्माता चौलागाईं पनि सहभागी भएर उपस्थित दर्शकसँग खुसी साट्दै आफ्नो फिल्मको बारेमा प्रतिक्रिया बटुल्ने छिन् । इजरायलमा शो गरे लगत्तै निर्माता चौलागाईं पुन: मलेसिया पुगि केहि स्थानमा फिल्म शो गरेर मे ११ तारिखमा कतारमा हुने बिशेष शोमा सहभागी हुनेछिन् । नेपाल रिलिज पूर्व डायस्पोरामा चर्चा पाईरहेको फिल्मको अन्य मुलुकमा पनि रिलिजको डिमाण्ड आईरहेको निर्माता चौलागाईंको भनाई छ ।

 

केहि साता अगाडी फिल्मीखबर मार्फत प्रिमियर गरिएको सो फिल्मको गीत र प्रोमो अहिले इन्टरनेटमा राम्रैसँग छाएको छ । सोही गीत र प्रोमो हेरेर नै दर्शकले फिल्म राम्रो बनेको हुन सक्ने अनुमान लगाएका छन् । सबिर श्रेष्ठले निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल र दिप्ती गिरी प्रमुख भुमिकामा छन् । दिप्तीको यो पहिलो फिल्म हो भने आर्यनको रिलिज हुन बाँकी रहेको यो अन्तिम फिल्म हो । यि दुईको साथमा फिल्ममा सन्दिप सापकोटा, शिशिर राणा, दिनेश डिसी, कमला रेग्मी, धिरेन शाक्य, दिनेश थापा लगायतको अभिनय रहेको छ ।

 

Click here for Song : Timi Sangai...

Click here for Promo : K Ma Timro Sathi Banna Sakchhu (First Look)