समयसंगै अन्य पक्षमा मुलधारे फिल्म मेकरहरु पूर्णरुपमा परिमार्जित हुन नसके पनि फिल्मको टाईटलको बिषयमा भने उनीहरुले ध्यान दिन थालेका छन् । टिपिकल नाम राखेका कारण थुप्रै फिल्म राम्रा भएर पनि दर्शक आकिर्षत नभईदिदा नचलेका उदाहरण प्रशस्त छन् यहाँ । त्यसैले त भित्र गुदी जे जस्तो भएपनि बोक्रोको रुपमा फिल्मको टाईटललाई स्टाईलिस बनाउन फिल्म मेकरहरु अग्रसर हुन थालेका छन् ।
शिव रेग्मी जो सफल भनिएर चिनिन्छन् जो द्धारा निर्देशित फिल्मको नाम प्राय साधारण शैलीका हुन्थे तर बैशाख पन्ध्र देखि फ्लोरमा जाने तयारीका साथ उनले पनि स्टाईलिश हुदै 'शो सिम्पल' भन्ने फिल्म डाईरेक्सन गर्दैछन् जसलाई केशव भट्टराईले निर्माण गर्न लागेका हुन् । शिव मात्र हैन चार वटा फाईट र चारवटा गित राखेर मसलेदार शैलीको ६ वटा फिल्म बनाईसकेका रोज राणाले पनि सातौ प्रोजेक्ट ग्याङस्टार थाती राख्दै हिरोईन भन्ने फिल्म बनाउदैछन् ।
यस्तै कृष्ण चापागाई जो प्रोड्यूसर र डिरेक्टर हुन् उनले हाल सम्म ८ वटा फिल्म निर्देशन गरिसकेका छन् । तर आठ वटा सम्मको टाईटल साधारण शैलीको राखेका उनले आफूलाई परिमार्जित गर्दै 'ब्याय फ्रेण्ड' भन्ने नयाँ फिल्म बनाउन लागेका छन् । 'विगतका फिल्म जसरी बनाए तर यो पटक टाईटलबाट नै परिमार्जित भएर फिल्म बनाउदैछु' ,हाल गित रेकर्डिङ कार्यमा ब्यस्त रहेका चापागाईले भने ।
बैशाख पन्ध्र देखि फ्लोरमा जाने तयारीमा जुटेका उनले केही दिनमै आर्टिष्ट फाईनल गर्ने जनाए । उनले भने, 'चलेका अनुहार लिने भए कुनै समस्या हुने थिएन तर अब नयाँ जेनेरेशन जरुरी छ त्यसैले युथको सब्जेक्टमा यो फिल्म बनाउन लागेको हुँ । फिल्म राम्रो नबनाएर नै नचलेको रहेछ जुन कुरामा हाम्रो भ्रम थियो कि दर्शक विदेश गएर फिल्म नचलेको भन्ने तर त्यो हैन यहाँ दर्शक जति पनि रहेछन् भन्ने कुराको पुष्टी भैसकेको छ ।'
यो प्रोजेक्टबाट परिमार्जित भएर आउने सोच राखेका चापागाईले यो फिल्ममा फाईट राख्ने छैनन्न भने गीत एउटा मात्र राख्ने भएका छन् जसलाई चेतन सापकोटाले संगीत भरेका छन् । समाजमा घटेका रियल घटनालाई म्यासेज शैलीमा फिल्म निर्माण गर्ने तयारी गरिरहेका कृष्णलाई मौनता श्रेष्ठले स्क्रिप्ट लेखनमा सहयोग गरिरहेका छन् । ब्याय फ्रेण्डलाई प्रभा फिल्मसले पाँचौ प्रोजेक्टको रुपमा प्रस्तुत गर्न लागेको हो ।

