
चलचित्र बिकास बोर्डले बैशाख ८ देखि ३ दिन सम्म सुर्खेतमा गर्न लागेको चलचित्र महोत्सवलाई निर्देशक समाजले बहिस्कार गरेकोमा समाजका वरिष्ठ उपाध्यक्ष विमल पौडेलले आपत्ती जनाएका छन् ।
चलचित्रसंग सम्बन्धीत प्रमुख चार संघसंस्थाले बोर्डको महोत्सव शैली प्रति आलोचना गरिरहेका बेला उपाध्यक्ष पौडेलले आफ्नो संस्थाले गरेको अस्वीकार नितिमाथि आपत्ती जनाउदै सोमबार विज्ञप्ती समेत जारी गरेका छन् । विज्ञप्तीमा उनले आफ्नो अनुपस्थितिमा महोत्सव बहिस्कार गरिएको निर्णय चलचित्र विकासमा दृष्टिकोण विहिनहरु र बिकास बिरोधीहरुको उक्साहटमा लागेर गरेको निर्णय र उनीहरुकै इसारामा गरको प्रतिगामी प्रचार हो भन्नी टिप्पणी गरेका छन् ।
बोर्ड अध्यक्ष गणेश भण्डारी निकट पौडेलले निर्देशन गरेको फिल्म किसान सो महोत्सवमा प्रदर्शन गरिदैछ जसकारण दुई तिहाई कार्यसमितिले बोर्डको महोत्सव शैलीलाई विरोध गरिरहेका बेला पौडेलले आफ्नै संस्था विरुद्ध विज्ञप्ती जारी गरिनुलाई विभिन्न दृष्टीकोणले हेरिएको छ । पौडेलको आफ्नै संस्थाका अध्यक्ष केपी पाठकसंग ३६ को आँकडा छ जसकारण समाजसंग सम्बन्धीत विभिन्न समाचारमा पौडेल र पाठकको जुहारी चलिरहन्थ्यो । जुन चलाईको प्रत्यक्ष नतिजा सोमबार जारि गरिएको प्रेस विज्ञप्तीबाट थप छर्लङ भएको छ ।
ईमेल मार्फत पौडेलले जारी गरेको प्रेस विज्ञप्ती
विभिन्न साचार माध्यमहरुमा नेपाल चलचित्र निर्देशक समाजको प्रतिकि्रया भन्दै अहिले चलचित्र विकास बोर्डले सुर्खेतमा गर्न लागेको राष्ट्रिय चलचित्र महोत्सवको विरोधको खवरले मेरो गम्भिर ध्यानाकर्षण मात्र भएको होइन कि निर्देशक समाजको वरिष्ठ उपाध्यक्ष मेरो अनुपस्थितिमा भएको सो निर्णय चलचित्र विकासमा दृष्टिकोण विहिनहरुले विकास बिरोधीहरुको उक्साहटमा लागेर गरेको निर्णय र उनीहरुकै इसारामा गरको प्रतिगामी प्रचार हो भन्न म बाध्य भएको छु ।
चलचित्र विकास बोर्डले नेपाली चलचित्र विकासको स्पष्ट खाकाको घोषणा जव गर्यो अनियमिततालाई व्यवशाय बनाएका चलचित्र विकास विरोधीहरु तुरुन्तै बोर्डको विरोधमा उत्रिए । अहिले निर्देशक समाजको नेतृत्व विकास बोर्डको विरोधमा उत्रनुलाई त्यसैको निरन्तरता मात्र नभनेर चलचित्र विकास विरोधीहरुको प्रायोजनमा पुर्ण रुपमा प्रतिगामी बनेको हो भन्नु पर्दछ जुन विकासप्रेमी सम्पुर्ण नेपाली चलचित्र निर्देशकको लागि अत्यन्तै दुःखको कुरा हो ।
विमल पौडेल
वरिष्ठ उपाध्यक्ष
नेपाल चलचित्र निर्देशक समाज