मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.83/5.00)
Text size:-
+
-

कलिउड जुर्यो नम्रतालाई

फिल्मीखबर, काठमाण्डौ, 2012/04/16

अफिशियल एनाउन्समा साहाना बज्राचार्य हिरोईन हुने कुरा थियो तर आन्तरिक विवादका कारण साहाना कलिउडबाट बाहिरीएपछि सो प्रोजेक्टमा मोडल सिम्पल खनाल अनुबन्धीत हुने कुरा सार्बजनिक भयो तर कलिउड सिक्काको पाटा पल्टिदै अन्तत सो प्रोजेक्टमा नम्रता श्रेष्ठ फाईनल भएकी छिन् ।

भिजे नवराज आचार्यले डेब्यू फिल्मको रुपमा निर्देशन गर्न लागेको कलिउडमा नम्रताले आज अपरान्ह साईन गरेकी हुन् । तर उनले कति पारिश्रमिकमा साईन गरिन् त्यो खुलाईएको छैन । नम्रताको अपोजिटमा यस अघिनै आर्यन सिग्देल फाईनल भैसकेका छन् । यस्तै फिल्ममा ईन्टोडक्सन गर्दै बिष्णु कार्कीले पनि एक्टरको ट्याग भिर्दैछन् साथमा रिमा विश्वकर्मा पनि कलिउडकी लिड हिरोईन हुन् ।

नेपाली फिल्म इन्ड्रष्ट्रीलाई कलिउडको मान्यता दिईएको छैन तर यहाँको कथामा कलिउड टाईटल राख्नु भयो किन भन्ने प्रश्नमा निर्देशक आचार्यले भने, 'यो शब्दलाई  धेरैले स्वीकार नगरेको सत्य हो तर कलिउडसग रिलेट गरेर हाम्रो फिल्म बुझिने हुँदा टाईटल यस्तो राखिएको हो ।'  फिल्म उद्योगमा हिरोईन बन्ने सपना बोकेर पाईला टेक्न लागेकी एक मोडलको कथा भनिएको सो फिल्मलाई प्रदीप बास्तोलाको स्क्रिप्टमा रि-राईट गर्दे ब्रजेश खनालले फाईनल गरेका छन् ।

हाल छड्केमा  नम्रता र धुवामा आर्यन  ब्यस्त भएकाले उनीहरु फ्रि  हुन एक महिना लाग्ने छ तसर्थ कलिउड टिमले  सुटिंगका लागि जेठ १५ सम्म प्रि -प्रोडक्सनमा बसी थप होमवर्क गर्नेछ ।