मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

१५ बर्षको सफल यात्रामा ऋषि र सरिता

सुमन गैरे, काठमाण्डौ, 2012/04/16

हामी बैबाहिक जीवनमा बाँधिएको पनि १५ बर्ष पुगेछ । थाहै भएन कसरी यो १५ बर्ष स्वर्णिम रूपमा बित्यो । सायद हामी बिचको बिश्वास, आश, भरोसा, सोचाई अनि बुझाई एउटै भएर होला हामी हरेक दिन खुसी र सुखी भयौं ।

 

माथीका शब्दहरू अरू कसैको नभई नेपाली फिल्मी जगतमा उदाहरणिय जोडीको रूपमा रहेको अभिनेत्री सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेको हो । ठिक १५ बर्ष अगाडी आजकै दिन अर्थात बैशाख ४ गते सुरूङ्गा झापाकी सरिता पाण्डेसँग निर्देशक ऋषि लामिछानेले नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रेम पछिको मागी बिबाह गरेका हुन् । नेपालगञ्ज स्थायी घर भई अध्ययनका क्रममा सात बर्षको उमेरमा नै काठमाण्डौ आएका ऋषिले सरितालाई २१ बर्ष अघि भेटे । त्यसपछि यि दुईको माया प्रेम अगाडी बढ्यो । माया कसरी बस्यो भन्ने कुरामा ऋषि नै अनभिज्ञ छन् । भन्छन्, 'पहिलो पटक देख्ने बित्तिकै मैले सरितालाई मन पराएको थिएँ तर हामी बिचको प्रेम कसरी झाँगियो थाहै भएन ।'

 

सबैलाई थाहा भएकै हो कि नेपाली फिल्मका अफस्क्रिन जोडीको घरबार त्यति राम्रो हुने गरेको छैन । त्यसैले पनि फिल्मी जगतमा यो जोडीको प्रेम देखेर तारिफ र अचम्म मान्नेहरू छन् । कतिले जोडी होस् त ऋषि र सरिताको जस्तो भन्ने गरेको पाईएको छ भने कतिले कसरी यो जोडी अहिले सम्म सफल रूपमा अगाडी बढिरहेको छ भन्ने जिज्ञासा राख्ने गरेको सुनिन्छ । यो बिषयमा ऋषि भन्छन्, 'हाम्रो जीवन सफल हुनुमा मुख्य कुरा हामी बिचको बिश्वास हो । हाम्रो सोच, आश, भरोसा, आफ्नोपना, बुझाई अनि हेराई एउटै छ । त्यसैले हामी सफल छौं ।'

 

लामो समय देखि नेपाली रजतपटमा सक्रिय भएर लागेका यो जोडी स्क्रिनमा पहिलो पटक 'माटो भनेको ढुंगा हैन' नामको सिरियलमा श्रीमान श्रीमती भएर अभिनय गरेका थिए । त्यसपछि आफ्नै होम प्रोडक्सनमा ऋषिले निर्देशन गरेको सिरियल 'परिचय' मा सरिता मुख्य पात्रको रूपमा देखिईन् । त्यसपछिका करिब ३०० प्रोजेक्टमा यो जोडी एकसाथ देखियो । ठूलो पर्दामा भने 'श्रीमान श्रीमती' नामको फिल्ममा यो जोडी एकसाथ देखियो । सो फिल्मको निर्देशन ऋषिले गरेका थिए भने सरिताले मुख्य पात्रको रूपमा अभिनय गरेकी थिईन् । आफूहरू एकअर्कामा समर्पित भएको बताउँदै ऋषिले आफ्नो पेशा परिवर्तन नगर्ने बताए । उनले भने, 'हामी दुबै जीवनभर यहि क्षेत्रमा सक्रिय भएर लाग्ने छौं । हामी जे गर्छौं एउटै काम गर्छौं ।'

 

छोरीकी आमा समेत रहेकी सरिताले बिहे देखि अहिले सम्म एक पटक पनि मनमुटाव नभएको बताईन् । उनले भनिन्, 'हामी एक अर्कामा समर्पित छौं । उहाँले मलाई जति माया गर्नुहुन्छ म पनि त्यति नै उहाँलाई माया गर्छु । हाम्रो सपना, सुख, दु:ख एउटै छ । त्यसैले पनि हामी बिच कहिल्यै मनमुटाव भएन ।' यस्तै २१ बर्षको फ्ल्यास व्याकमा पुग्दै ऋषिले आफ्नो प्रेम प्रसङगलाई खुलाउँदै भने, 'सरिता १३ बर्षको हुँदा मैले पहिलो पटक उनलाई भेटेको थिएँ । उनको सालिनता, सरलता, बौद्धिकता अनि व्यवहारबाट प्रभावित भएर मैले मन पराएको थिएँ । अहिले पनि म उनमा २१ बर्ष अगाडीको सरिता पाउँछु ।'