
यहाँ रेटको कुरा गर्ने हो भने छोटो समयमा उदाएका आर्यन सिग्देलले आठ लिईसकेका छन् । तर २२ औँ बर्षदेखि संघर्ष गरिरहेका महानायक राजेश हमालको रेट भर्खर साढे तीन लाख पुगेको छ । त्यस्तै दशौ बर्षदेखि काम गरिरहेकी रेखा थापाले पनि भर्खरै आफ्नो रेट पाँच लाख पुर्याईन् तर उनको रेट बन्यो साढे चार लाखमा मात्र ।
रेखाले केही दिन अघि शोभित बस्नेतको पच्चिसौं प्रोजेक्ट 'जाऊ हिड पोखरा' का लागि साढे चार लाखमा साईन गरेकी थिईन् जुन एग्रीमेन्ट उनको फिल्मी करिअरको अहिले सम्मकै धेरै रकम हो । यस्तै रेखाको मात्र हैन शोभित बस्नेतले पनि पहिलो पटक कलाकारलाई यति धेरै रकममा अनुबन्धीत गराएका हुन् । उनले यो बिषयमा भने, '२४ वटा फिल्म बनाउदा सम्म यति खर्चिएर आर्टिष्ट लिएको थिईन तर यो पटक मैले पनि आँट गरेको छु ।'
यस्तै सोभितले आईतबार जाऊ हिड पोखराका लागि जीवन लुईटेललाई पाँच लाखमा फाईनल गरेका छन् । रेखाको अपोजिटमा सविन श्रेष्ठ खेलाउने तयारी गरिरहेका बेला शोभितसंग सविनले चार लाख मागेका थिए तर नयाँ हिरोको रेट हाई भएपछी उनले पाँच लाख दिन्छु भन्दै जीवनलाई एग्रीमेन्ट गरेको बताए । सुरूमा जीवनले ६ लाख मागेका थिए तर रेखाले मध्यस्तकर्ताको भूमिका खेलिदिएपछी जीवनले पाँच लाखमा साईन गरेका हुन् ।
जीवनले पाँच लाख लिएको बिषयमा सोभित भन्छन्, 'तीन लाख सम्म पनि सविन नमानेका कारण मैले जीवन लिएको हुँ ।' बैशाख १५ गते देखि फ्लोरमा जाने तयारीमा जुटेका शोभितले ५ प्रतिशत काठमाण्डू, दश प्रतिशत सर्लाही र बाँकी पोखरामा सुटिङ गरिने जानकारी गराए । यस अघि रेखाले शोभित बस्नेतको कर्णबीर र दुर्गा भन्ने फिल्म खेलिसकेकी छिन् भने जीवन पहिलो पटक उनीसंग काम गर्न लागेका हुन् ।