
बैशाख १५ गते देखि रिलिजको तयारीमा रहेको एम.एस अग्रज निर्देशित फिल्म 'भैहाल्छ नी' को टोली झापा प्रोमोशनका लागि निस्किएको छ । निर्देशक अग्रज सहितको टोलीमा सोही फिल्म डेब्यू हिरो विशाल पोखरेल, नेगेटिभ क्यारेक्टर सुवास कार्की तथा सुनिल थापा रहेका छन् । प्रोमोशनको लागि मोफसल टार्गेट गरेको सो यूनिटले गोलदाप गाविसमा रहेको चाईल्ट फ्यूचर नेपाल नामक अनाथालयलाई आर्थिक सहयोग पनि गरेको छ ।
तिब्र प्रोमोशनका साथ फिल्म रिलिज गर्ने सुरु कसेका निर्देशक अग्रजले स्थानिय गाउँले आयोजना गरेको सास्कृतिक कार्यक्रममा सहभागी भएर गोलदाप बासीलाई फिल्मको प्रोमो देखाएको थियो । साथमा विशाल र सुवासले सोही फिल्मको एक आईटम गितमा नाचेका थिए भने सुनिल थापाले कमेडी डाईलगले दर्शक हँसाएका थिए । प्राय जसो फिल्ममा एङग्री म्यानको भूमिकामा देखिने सुनिल थापा सो फिल्ममा कमेडी एक्टरको भूमिकामा प्रस्तुत भएका छन् ।
ईकु ब्याक अगेनसंग प्रतिष्पर्धा हुने सो फिल्मलाई डिसिएनले एक हप्ता अघि सारिदिएपछी निर्देशक अग्रज हर्षित छन् । उनले भने, 'सोलो रिलिजले धेरै बाचिन्छ धन्यवाद छ डिसिएन ।' डिसिएन फिल्म वितरक कम्पनी हो । फिल्ममा गरिमा पन्तको साथमा सुमन सिंह र सोनिया केसी पनि लिड रोलमा छन् । फिल्मको नयाँ प्रोमो पनि रिलिज गरिएको छ ।