
नववर्ष २०६९ को सुरुवात सँगै गायिका इन्दिरा जोशी र नायक तथा गायक प्रशान्त तामाङ नेपालगंज आएका छन् । युवापुस्ता माझ कम समयमा निकै लोकप्रिय हुन सफल गायिका जोशी र गोर्खा पल्टन हिरो तामाङ निष्पक्ष ध्वनि राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा नेपालगंज रंगशालामा भएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएका हुन् ।
वाक्लो दर्शकको उपस्थिति रहेको सांस्कृतिक कार्यक्रममा गायिका जोशी स्टेजमा के गएकी थिइन् दर्शकले जोडदार तालि वजाएरउनलाई स्वागत गरे । दर्शको तालि र मायावाट हौसिएकी उनले वर्ष २०६८ मा सर्वाधिक वढि व्यापार गर्न सफल चलचित्र लुटको युवापुस्तामाझ ज्यादै लोकप्रिय हुन सफल उध्रेको चोली सहित आधा दर्जन गीत गाएर दर्शकलाई रंगशाला मैदानमा नचाउन सफल भएकी थिइन् । इन्दिराको स्वरबाट मन्त्रमुग्ध दर्शकले वान्स मोर भन्दै पुन: उध्रेको चोली गीत गाउन आग्रह समेत गरेका थिए ।
पहिलो पटक नेपालगंज आएका गायक प्रशान्तले २०६७ सालमा सर्वाधिक वढि व्यापार गर्न सफल आफ्नो डेव्यु चलचित्र गोर्खा पल्टनको जाउला रेलैमा सरर गोर्खा पल्टन वोलको गीत सहित आधा दर्जन वढि गीत गाएर दर्शकलाइ नचाएका थिए । पहिलो पटक नेपालगंजमा आएर नेपालगंज वासी माझ गीत गाउन पाउदा निकै खुसि मुद्रामा देखिएका प्रशान्त आफुलाई यो स्थानसम्म ल्याउन नेपालगंज वासीको पनि ठुलो सहयोग रहेको वताउदै नेपालगंज वासी साथै आयोजक पक्षलाई उनले धन्यवाद समेत दिन भ्याए ।