ब्यक्तिगत रूपमा ५१ हजार लिएर हिरोईन फिल्मको सुटिङ गर्न दिएको भन्ने खबरले ईन्डष्ट्री तताएपछी आरोपित मनोज केसीले छोरीको कसम खादै आफूले गल्ती नगरेको दाबी गरेका छन् । प्रोड्यूसर रोज राणाले उनलाई हिरोईन फिल्मको लागि केही दृश्य खिच्न सहयोग गरेको भन्दै ५१ हजार दिएको भन्ने अडियो सहितको खबर फिल्मीखबरले सार्वजनिक गरेपछी मनोजले शनिबार यो बिषयमा थप स्पष्टीकरण दिदै भने, 'म कसम खाएर भन्छु यदि रोजसंग पैसा लिएको भए मेरो बच्चा मरिजाओस् ।'
मनोजले आफ्नो छोरीको कसम खादै ५१ हजार नलिएको दावी गरिरहेका बेला उता रोजले मिडियाले प्रश्न गरेपछी आफूले सत्य कुरा जानकारी गराएको बताए । उनले भने, 'लुट पार्टीमा खिचेको दृश्य नागरिकले एक हप्तापछी थाहा पाएर मलाई प्रश्न गर्यो अनि मैले सवैकुरा भनिदिएको थिएँ । त्यसैले यो बिषयमा तपाईहरूले खबर थाहा पाएर प्रश्न गरेपछी मैले कुरा नलुकाई भनेको हुँ ।' रोजले मनोजलाई ५ सयको एक सय वटा नोट र एउटा हजारको नोट दिएको थप प्रष्ट्याएका छन् । उनले भने, 'सुरूमा पचास हजार दिएको थिएँ तर मनोजले सुन्ना नपार्नु भनेपछी मैले थप एक हजार दिएर ५१ हजार बनाईदिएको हुँ ।'
तर मनोजले आफूले सो रकम लिएको प्रमाण पुर्याएर देखाउन रोजलाई चुनौती दिएका छन् । उनले भने, खाएको बिष पो लाग्छ नखाएको लाग्दैन त्यसैले पूर्वाग्राही भएर रचिएको यो रोजको चाल हो ।' तपाईलाई नै किन फसाउन खोजियो भन्ने प्रश्नमा मनोज भन्छन्, 'त्यो त मलाई थाहा छैन बस यति हो कि उहाँले लगाएका सवै आरोप झुठा हुन् प्रमाणित भए जस्तो सुकै सजाय भोग्न तयार छु ।'
यस्तै यो बिषयमा रोजलाई फिल्मीखबरले प्रश्न गरेको थियो, 'तपाईले ५१ हजार दिएको प्रमाण दिन सक्नुहुन्छ ? जवाफमा उनले भने, 'त्यसका लागि अवार्डको माहोल मेरो क्यामेराले कैद गरेको दृश्य नै ठूलो प्रमाण हो किनकी त्यत्रो टाईट हुँदा पनि मेरो क्यामेरा कसरी छिर्यो ?' रोजले मनोजलाई ५१ हजार दिएर ६ वटा पास लिएको र आफूलाई पास नदिएको बिषयमा अवार्ड कार्यक्रममा बनावटी गाली गर्न पनि आग्रह गरेको बताउदै माहोलमा आफूले संघका अध्यक्ष सहितका केही सदस्यलाई गाली पनि गरेको बताए । तर रोजको यि आरोपलाई मनोज कपोकल्पित भन्छन् । उनले भने, 'अवार्डको दिन रोज कार्यक्रम हलमा प्रवेश गर्ने वित्तिकै हाम्रो अध्यक्ष ज्यू लगायतलाई गाली गरेको हो तर यो कुराको आरोप म माथि किन थुपारिएको हो बुझ्न सकिन ।'
यस्तै ५१ हजार लेनदेनको विवादास्पद न्यूज सार्वजनिक भएपछी प्राविधिक संघले मनोजलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । संघका महासचिव अनन्त तिम्लिसिनाले भने, 'उपाध्यक्ष ज्यूले गल्ती गरेको भए पनि नभए पनि यो बिषयमा आउदो दश गतेका लागि बैठक डाकिएको छ । त्यहि बेला उहाँलाई स्पष्टीकरण सोध्ने तयारी भैरहेको छ ।' यस्तै सोही बैठकमा सेडुल भन्दा बाहिरको लिष्टबाट संयोजक सम्झना उप्रेतीले रेखा थापालाई रावणको म्यूजिक लन्च गर्न दिएको बिषयमा पनि समिक्षा हुने बताईएको छ ।
मनोजलाई पितृ शोक
५१ हजार काण्डमा फसेर चिन्तित भईरहेका बेला प्राविधिक संघका उपाध्यक्ष मनोज केसीलाई शनिबार पृति शोक परेको छ । उनको ५८ बर्षिय पितालाई बेलुकी साढे बजे हार्ट अट्याक भएपछी काठमाण्डू मेडिकल कलेज सिनमंगलमा भर्ना गरिएको थियो तर उपचारका क्रममा पिताको निधन भएपछी उनलाई एक माथि अर्को तनाव थपिएको छ । उनले पिताको शनिबार साँझ नै दाहसंस्कार गरेका छन् । दाहसंस्कारमा केहि कलाकर्मी पशुपति आर्यघाट पुगेका थिए ।

