मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.60/5.00)
Text size:-
+
-

फेसबुक : फस्टलुक सार्वजनिक (प्रोमो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2012/04/14

लोकप्रिय अनलाइन सामाजिक संजाल फेसबुकमा आधारित फिल्म 'फेसबुक' को फस्टलुक सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०६९ को शुभकामना सहित दर्शकलाई उपहार स्वरूप प्रोमो र पोस्टर रिलिज गरिएको निर्माता सुनिल कुमार थापा  बताउछन् ।

 

नयाँ बर्षको आगमनसँगै फिल्मको प्रोमोशन शुरू गरेको बताउँदै निर्माता थापाले फिल्म साउन १५ गते नेपालमा रिलिज हुने बताए । त्यसअघि फिल्म कोरिया, सिंगापुर, अष्ट्रेलिया सहितका मुलुकमा प्रिमियर गरिनेछ । सुरज सुब्बाले निर्देशन गरेको थ्रीलर श्रेणीको सो फिल्ममा राजेश हमाल, झरना थापा, सुवास थापा, विल्सन विक्रम राई, अनुराग मान सिंह कुवँर, सुमन गैरे, मतिन खान लगायतले अभिनय गरेका छन् ।

 

एसके प्रोडक्सनको व्यानरमा निर्माण गरिएको फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा सुनिल बर्देवाको संगीत, रोशन श्रेष्ठको एक्सन, संजय लामाको सिनेमाटोग्राफी रहेको छ । सिंगापुर र काठमाण्डौमा सुटिङ गरिएको फिल्ममा मायाप्रेमको साथमा अपराधका कथाहरूलाई उठान गरिएको छ ।