मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

गोबिन्द शाहीले `पुलिस` बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2012/04/14

कलाकार तथा निर्माता गोबिन्द शाहीले देशको अशान्ती, भ्रस्टचार तथा राजनैतिक परिवेशमा आधारित रहेर 'पुलिस' नामक फिल्म बनाउने भएका छन् ।

 

अहिले  निकै चर्चामा रहेका एसएसपी रमेश खरेललाई आधार मानेर फिल्म निर्माण गर्ने तयारी गरेको शाहीले फिल्मीखबरलाई जानकारी गराए । रावण डेब्यू निर्देशक कमलकृष्णले निर्देशन गर्ने सो फिल्मको सुटिङ दशैंबाट गरिने भएको छ । फिल्ममा अधिकांश अनुहार नयाँ हुने निर्माता शाही बताउँछन् ।

 

यस्तै निर्माता शाहीले निर्माण गरेको फिल्म 'संसार आफ्नै' प्रदर्शनको क्रममा रहेको छ । क्यू सिस्टमबाट रिलिजको मिती नजिकिएकाले गोबिन्द अहिले सञ्चारमाध्यम धाउन थालेका छन् । साउन महिनामा पालो आउने बताउँदै फिल्मको पब्लिसिटी शुरू गर्न थालेको शाहीले बताए । जसअनुरूप उनले नयाँ बर्षमा दर्शकलाई आफ्नो फिल्मको गीत उपहार स्वरूप रिलिज गरेका छन् । चेतन र सूर्यको शब्द संगीत रहेको सो गीतमा झरना थापासँग उनले अनस्क्रिन रोमान्स गरेका छन् । गीतमा सनुप पौडेल र सबनम गुरूङको स्वर सुन्न सकिनेछ । झरना थापा, र गोबिन्द शाहीको साथमा सुमन सिंहको समेत मुख्य भुमिका रहेको सो फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका हुन् ।

 

शिब शंकर फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको कथा युगेश रायमाझीले लेखेका हुन् । युवराज राईको छायाँकन, कविराजको साथमा गोबिन्द राईको करियोग्राफी रहेको सो फिल्मलाई बिपिन मल्लले सम्पादन गरेका हुन् । फिल्ममा बसन्त सापकोटा र ताराप्रकश लिम्बुको पनि संगीत सुन्न सकिनेछ भने फाईटको निर्देशन अष्ट महर्जनले गरेका छन् ।