मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

मृगतृष्णाको पनि उत्साहजनक ओपनिङ

अर्पण ढकाल, धरान, 2012/04/13

नयाँ वर्षको बिदा खाने दाउमा रिलिज भएका फिल्महरुले आज देशभरका हलहरुमा उत्साहजनक व्यापार गरेका छन् । २०६९ सालको पहिलो रिलिज फिल्मको रुपमा मृगतृष्णा आज देशब्यापी रुपमा रिलिज भएको थियो । त्यस्तै २०६८ सालको अन्तिम फिल्मको रुपमा रिलिज भएको रावणले आजबाट उपत्यकामा समेत आफ्नो प्रदर्शन थालेको छ । देशका मुख्य स्टेसनमा एक आपसमा भिडन्त गरिरहेका यी दुवै फिल्मले आज पुर्वका हलमा समेत आक्रमक व्यापार गरेका छन् ।


फिल्म मृगतृष्णाले पूर्वको आधा दर्जन हलबाट प्रदर्शनको यात्रा थालेको छ । मृगतृष्णा बिर्तामोडको अन्नपुर्ण टाकिज, दमकको पाथिभरा चित्र मन्दिर, दमक चित्र मन्दिर ,धरानको गणेश टाकिज, पथरीको कन्चन टाकिज, बेलबारीको शारदा चित्र मन्दिर लगायतका हलमा रिलिज भएको छ । फिल्मले यी सम्पूर्ण हलमा आज उत्साहजनक कलेक्सन गरेको वितरक चैतन्य बरालले जानकारी गराए । दमक, धरान र बिर्तामोड जस्तो मेजर स्टेसनमा १ लाख माथिको ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त भएको छ । त्यस्तै पथरी, बेलबारी जस्तो सानो स्टेसनमा समेत फिल्मले पचास हजार माथि ग्रस गरेको सम्बन्धित हल संचालकले जानकारी गराए ।


तुलसी घिमिरेले निर्देशन गरेको फिल्म हेरेर हलबाट निस्किएका दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । बिशेषत: नायक बिराज भट्ट र कर्मलाई एकैसाथ पर्दा मार्फत हेर्न पाउदा दर्शक खुसि देखिन्थे । फिल्म लागेको सबै हलको सम्पूर्ण शो हरु हाउसफुल भएको थियो । यता काठमाण्डौ सहित देशका अन्य हलमा पनि फिल्मले राम्रै व्यापार गरेको बताईएको छ । फिल्ममा विराज भट्ट, कर्म, नन्दिता केसी, ध्रुव दत्त, हेमन्त बुढाथोकी मुख्य भुमिकामा छन् । फिल्म बेरोजगार युवाहरूको कथामा आधारित छ ।