Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

विमलेष र केकी फिल्ममा पनि

फिल्मीखबर, काठमाण्डौ, 2012/04/13

आधा दर्जन बढी म्यूजिक भिडियोमा अनस्क्रिन जोडी भएर देखा परीसकेका हिरो विमलेष अधिकारी र केकी अधिकारी अब फिल्ममा पनि जोडी भएर देखा पर्दैछन् । डार्क लभस्टोरी मुभी 'मुटु' मा उनीहरूले केही दिन अघि साईन गरेका हुन् ।

 

'विमलेषसंग म्यूजिक भिडियोमा काम गर्दा देखिनै फिल्ममा काम गर्ने ईच्छा थियो बल्ल पुरा हुने भयो', केकीले भनिन् । यस्तै विमलेषले पनि केकीसंगको  म्यूजिक भिडियोको रेसपोन्स धेरै राम्रो पाएकाले फिल्ममा पनि उनीसंग जम्ने सोच पुरा भएको भन्दै खुशी ब्यक्त गर्छन् । बैशाख १५ गतेदेखि फ्लोरमा जाने फिल्ममा केकी र विमलेषका अलवा हेमन्त बुढाथोकी पनि एङग्री म्यानको भूमिकामा रहने बताईएकोछ ।

 

फिल्मलाई यस अघि दुईवटा  फिल्म बनाईसकेका सूर्य बोहराले आफ्नै प्रोडक्सनमा डाईरेक्सन गर्न लागेका हुन् । सूर्य केही बर्षे अमेरिका बसाईबाट फिल्म मेकिङमा ग्रयाजुएसन गरी मुटु बनाउन  नेपाल फर्किएको बताईएको छ ।  मुटुको सुटिङ क्यापिटल काठमाण्डू सहित बन्दीपुर तथा चरिकोटमा हुने छ ।  


 

केकी र आर्यनको जोडी फेरी पनि...

श्रीमान फिल्मबाट निकै चर्चा कमाएका नवल नेपालले आई एम सरी जोडी आर्यन सिग्देल र केकीलाई आफ्नो नयाँ फिल्ममा अनुबन्धीत गरेका छन् । श्रीमानकै निर्माता कल्याण घिमिरेले फिल्मलाई निर्माण गर्नेछन् ।

 

नाम तय नगरिएको फिल्मको सुटिङ भदौबाट सुरू गरिने निर्देशक नेपालले जानकारी गराए । सुरेश अधिकारीको संगीत रहने सो फिल्म सामाजिक कथामा आधारित रहने छ । एउटा परिवार भित्रको सानो समस्याबाट आउने ठूलो समस्यालाई फिल्मले चित्रण गर्नेछ । नवल नेपालकै कथा रहने सो फिल्ममा प्रेमलाई पनि सम्बोधन गरिने छ ।

 

यसैगरी केकीले अर्का निर्देशक सुरज सुब्बाको सिंगापुर प्रोजेक्टमा पनि साईन गरेकी छिन् । नयाँ बर्षको आगमनसँगै तीन वटा फिल्ममा अनुबन्धित भएकी केकीले फिल्मीखबरसँग खुसी साट्दै भनिन्, 'यो मेरो लागी धेरै खुसीको कुरा हो मैले राम्रा राम्रा मेकरसँग काम गर्ने मौका पाएकी छु । यो मौकाको भरपूर सदुपयोग गर्ने कोशिस गर्नेछु ।' तीन फिल्ममा अनुबन्धित भएकी केकीलाई फिल्मीखबरको तर्फबाट बधाई तथा शुभकामना !