Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेजिना फ्रान्स, नाल्बो सिङगापुर

फिल्मीखबर, काठमाण्डौ, 2012/04/13

नयाँ बर्षको अबसरमा हिरोईन रेजिना उप्रेती एक महिनाका लागि आज साँझ फ्रान्स जादैछिन् । फ्रान्स राजदुतावासका लागि एकता समाज नेपाल फ्रान्सले आयोजना गर्ने डान्स कम्पिटिसनमा भाग लिन उनी एक महिनाका लागि फ्रान्स तर्फ प्रस्थान गर्न लागेकी हुन् ।  उनीसंग मधुरिमा नेपालका चेयरम्यान तथा गायक प्रदीप बम्बजन पनि रेजिनाको साथमा रहने छन् ।

'राजदुत जीवन प्रकाश श्रेष्ठको रिक्वेष्ट र सहयोगमा सो डान्स कम्पिडिसनमा जज भएर जादैछौ', रेजिनले भनिन् । एक महिने बसाईमा एक हप्ता रेजिना डान्स कम्पिडिसनमा जज रहने छिन् भने बाँकी घुम्ने योजना छ उनको । जुन मौकामा उनले रिलिज हुन लागेको होम प्रोडक्सनको फिल्म बरदानको पनि ओभरसिज पब्लिीसिटी पनि गर्ने छिन् । रेजिनाले फ्रान्स उड्नु एक दिन अघि बिहिबार मात्र भिसा पाएकी हुन् ।

 

 

 

सिङगापुरमा नाल्बोको लोकेशन हन्ट    

बाटोमुनिको फुलले सवत्र चर्चा पाएपछी डिरेक्टर सुरज सुब्बाको हातमा फिल्मको लाईन नै लागेको छ । प्रि–प्रोडक्सनको अन्तिम चरणमा रहेको मेरो भ्यालेन्टाईन सुटिङको डेट नजिकिदै गर्दा आज उनी सिङगापुर उड्दैछन् थप दुई फिल्मको लोकेशन हन्टको लागि ।

'मेरो भ्यालेन्टाईन पछी दुईवटा प्रोजेक्ट वितेका पल र सिङगापुरको कम्पनी टिएनआरजीको मेघा प्रोजेक्ट छ त्यसैले पाँच दिनका लागि आज उता जादैछु', सिङगापुर उड्नु अघि नाल्बोले भने । उनको डाईरेक्सनमा बनेको फेसबुकको सुटिङ सिङगापुरमा गरेपछी आजको यात्रा उनका लागि दोस्रो हुने छ । हातमा फिल्मको लाईन रहेछ सुरूमा कुन गर्नुहुन्छ ? भन्ने प्रश्नमा नाल्बोले भने, 'टाईटल फाईनल नगरिएको सिङगापुर प्रोजेक्ट हुनेछ त्यसपछी वितेका पल ।'

 

वितेका पललाई बाटो मुनिको फुलका निर्माता राजेश घतानीले निर्माण गर्न लगेका हुन् । वितेका पल लभस्टोरी हुनेछ भने सिङगापुर प्रोजेक्ट रिभेन्ज ड्रामामा आधारित हुने नाल्बोले बताए । उनी आज दिउँसो १ बजे सिङगापुर उड्ने कार्यक्रम छ ।