बर्लिन फिल्म फेस्टिबलमा नेपालको प्रतिनिधित्व गरेर ईतिहास रच्न सफल हाइवेको रिलिज डेट फिक्स भएको छ । असार १ गतेदेखि नेशनल वाईज रिलिजको तयारीमा जुटेको हाइवे टिमले रिलिज डेट सार्वजनिक गर्दै हरेक दृष्टिकोणबाट फिल्म उत्कृष्ट बन्न सफल भएको बिहिबार प्रेस मिटमा जानकारी समेत गराएको छ ।
पाँच भिन्न कथा समेटिएको फिल्ममा इलामबाट काठमाण्डौ हिंडेको बसलाई मेरूदण्ड बनाईएको छ । त्यस अर्न्तगत बैदेशिक रोजगारमा गएको लाहुरेको पिडा, सेक्स वर्करको कथा, टिनएजर रिलेसनसिपको कथा, पढेलेखेको बुद्धिजिवी नेपाल आएर केही गर्न खोज्दा भोग्नु परेका विभिन्न उतारचढावका प्रसङ्ग र लेज्बियन रिलेशन शिपको कथा समेटिएको प्रेस मिटमा डिरेक्टर दिपक रौनियारले जानकारी गराए । उनले भने, 'एक्टरलाई दिमागमा राखेर स्क्रिप्ट लेखिएको थियो सोही अनुरूप फिल्म पनि उत्कृष्ट बन्न पुगेको छ ।'
फाईनान्सल रूपमा विभिन्न आलोचना खेपेको हाईवेलाई अमेरिकामा पोष्टप्रोडक्सन गरिएको हो । एक अनलाईन मार्फत २७ लाख नेपाली रूपैया कलेक्सन गर्दै फिल्मलाई अर्न्तराष्ट्रिय मापदण्डमा आधारित बनाईएको बताएको छ । फिल्ममा ऋचा शर्मा बार गर्लको भूमिकामा रहेको सो टिमले जनाएको छ भने रियल लाईफमा उनको ब्यायफ्रेण्ड समेत रहेका हिरो विनय श्रेष्ठ स्पेशल केमियो रोलमा रहेको बताईएको छ । यस्तै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्म र राजन खतिवडाको साथमा विविसी नेपाली सेवाका नेता रबिन्द्र मिश्रले पनि पहिलोपटक अभिनय गरेका छन् । प्रेसमिटमा रबिन्द्रले भने, 'बुढेसकालको पहिलो फिल्म निकै उत्साहित भएको छु । सुरूमा मैले दिपक जीलाई भेनेको थिएँ मैले नराम्रो गरें भने विचैबाट निकालिदिनु होला तर मैले राम्रो गरेछु क्यारे उहाँले निकाल्नु भएन ।'
पत्रकारितासंगै छोटो फिल्म निर्देशन र त्यसपश्चात फिचर फिल्ममा हात हालेका रौनियारले पत्रकारिता गर्दा भोगेका कुरा फिल्ममा आउनुपर्छ भन्दै हाइवे निर्देशन गरेको बताए । उनले भने, 'पहिलो पटक दर्पणछाँयाको रिभ्यू लेखेको थिएँ त्यसपश्चात फिल्म निर्देशनका लागि धेरै कुरा आवश्यक रहेको ठान्दै फिल्म निर्देशनमा हात हालें । त्यसैले भन्छु अबको फिल्ममा सिता जस्तो हिरोईन र रावण जस्तो भिलेन मात्र हैन तिनिहरूमा पनि केही गुण छ भन्ने मेरो तर्क हुनेछ ।' फिल्मका कलाकारहरूले अभिनयका लागि निर्देशकले स्वतन्त्रता दिएकाले राम्रो काम गर्ने मौका पाएको बताए । फिल्मलाई समिरमणि दिक्षितले निर्माण गरेका हुन् ।



