Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

बीस दिनमा प्याकअप `बर्षात`/ सविन र रेखा अर्को प्रोजेक्टमा

फिल्मीखबर, काठमाण्डौ, 2012/04/12

रेखा थापा र सविन श्रेष्ठ स्टारर फिल्म बर्षातको सुटिङ सकिएको छ । २० दिनमा सुटिङ प्याकअप गरेको बर्षात युनिटले दैनिक १४ घण्टा भन्दा बढी काम गर्दै छोटो समयमा फ्लोरको काम सकेको हो । 'आउदो छ महिना भित्र रिलिज गर्ने टार्गेटका साथ अब पोष्ट प्रोडक्सनमा जादैछौ', प्रोडक्सन म्यानेजर सुवास दुखीले जानकारी गराए ।

सानु शाक्य निर्देशित फिल्मलाई यस अघि राज फिल्म निर्माण गरेका मोहन कृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले निर्माण गरेका हुन् । जहाँ पुरानो हुदैन माया डेब्यू एक्टर निर्मल सेन्चुरी पनि लिड रोलमा छन् । फिल्ममा शम्भुजित बाँस्कोटाको संगीतमा शंकर विसीले कोरियोग्राफरको भूमिका निर्वाह गरेका छन् । 


रेखा र सविन शोभित बस्नेतको प्रोजेक्टमा !

नयाँ फिल्मको नाम जाऊ हिड पोखरा राखेका निर्देशक शोभित बस्नतेले सो फिल्ममा रेखा र सविनलाई लिने भएका छन् ।
बुधबार रेखासंग साढे चार लाखमा एग्रीमेन्ट गरेका शोभितले सविनलाई पनि केही दिन भित्रै एग्रीमेन्ट गराउदैछन् । 'मेरो फिल्ममा रेखा बाहेक अरू क्यारेक्टर सुहाउदैन त्यसैले मैले रेखालाई यसपटक बोलेको बचनमा एग्रीमेन्ट गरेको हुँ', शोभितले भने, 'अहिले रेखासँग फिट भएको जोडी सबिन पनि  लिने सोच आएको छ तर उहाँसँग पारिश्रमिकको बिषयमा फाईनल भैसकेको छैन ।'

 

रेखाले साढे चार लाखमा सो फिल्ममा साईन गरेकी हुन् तर सविनले चार लाख मागेपछी शोभित तर्सिएका छन् । यो बिषयमा शोभितले भने, 'रेखा जीले पाँच लाख भन्न जायज छ त्यसैले उहाँसँग कम्रमाईज गरेर मैले साढे चार लाखमा एग्रीमेन्ट गराएँ तर सविनले अहिलेनै त्यतिधेरै रेट बनाएकाले निर्णय गर्न सकिरा छैन ।' यध्यपी रेखा पावर युज गरी उपयुक्त बजेटमा सविनलाई आफ्नो प्रोजेक्टमा अनुबन्धीत गराउने प्रयासमा शोभित लागिपरेका छन् ।

 

सबिनको एग्रीमेन्ट हुनासाथ शोभित फिल्म लिएर फ्लोरमा जानेछन् । अन्दाज डेब्यू एक्टर सविनको केमेष्ट्री रेखासंग मिलेपछी अहिले यिनीहरू अधिकांश फिल्ममेकरको नजरमा रूचाईएको जोडीमा परेका छन् ।