
२०६८ मा सर्वाधिक चर्चामा रहेका तर ब्यावसायिक रूपमा फल्प भएका दुई फिल्म 'के यो माया हो' र 'मेरो लभ स्टोरी' का क्याप्टेन सुदर्शन थापा नयाँ फिल्म निर्माणमा जुटेका छन् ।
लभस्टोरी फिल्म मेकरको रूपमा चिनिएका निर्देशक थापाले गीतकार बाबुराम दाहालसंगको को–प्रोडक्सनमा धन्दा भन्ने थ्रीलर फिल्म निर्माण गर्न लागेका हुन् । 'मान्छेको देखावटी पेशा एउटा होला तर भित्री रूपमा धेरै प्रकारका पेशा हुन्छन् भन्ने स्टोरी मेरो फिल्मको मेन लाईन हो', सुदर्शनले भने । जेठ १५ गते देखि फ्लोरमा जाने सो फिल्ममा ब्याच नम्बर १६ डेब्यू एक्टर अर्पण थापा लिड रोलमा रहने सुदर्शन बताउँछन् । आफ्नो फिल्मको स्टोरी लाईन स्ट्रोङ भएको भन्दै उनी भन्छन्, 'कि त अव सुदर्शन थापा कि अर्पण थापा ।'
आर्यनको क्याम्पबाट किन सुदर्शन भन्ने प्रश्नमा सुदर्शन भन्छन्, 'आर्यन मेरो मिल्ने साथी हो तर सो समयमा उ प्याक भएकाले र स्टोरीको डिमान्ड अर्पण भएकाले मैले उसलाई लिएको हुँ ।' फ्राईडे फिल्मसको ब्यानरमा निर्माण हुन लागेको सो फिल्ममा हिरोईन नराखिने सुदर्शनले बताए ।