मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चार महिनापछी अरूणिमाले दिईन् भब्य पार्टी

फिल्मीखबर, काठमाण्डौ, 2012/04/12

अरूणिमा लम्सालले सन्तान जन्माएको पनि चार महिना भैसकेछ । गत मंसिरमा पहिलो सन्तानको रुपमा  छोरी जन्माएकी लम्सालले छोरी पाँच महिना पुगेको अवसरमा बुधबार पास्नी पार्टी आयोजना गरेकी थिईन् जहाँ फिल्मी सेलिब्रेटीको घुईचो बाक्लै थियो ।

छोरीको नाम अक्षता राखेकी लम्सालले भब्य पार्टीमा आफ्ना बैङकर्स श्रीमान अमित अर्याललाई पनि परिचय गराउन भ्याएकी थिईन् । कलाकार राधा लम्सालकी छोरी अरूणिमा एक दशक यता फिल्मकी हिरोईनको रूपमा सक्रिय छिन् । फिल्ममा कमजोर क्यारेक्टरमै अभिन
गरेकी अरूणिमाले सुत्केरी भएको दुई महिनादेखि नै आफूलाई सार्वजनिक कार्यक्रममा उपस्थित गराउने गरेकी थिईन् जसकारण उनलाई बहादुर आमा पनि भनिएको थियो ।

 

 

 पास्नी पार्टीमा उनी आमा बन्नु अघिको शारिरीक बनावटमा आईसकेको देखिन्थिन  । अरूणिमाले छिट्टै फिल्ममा अभिनय पनि गर्ने बताईन् । छोरीको पास्नीमा डाकिएका फिल्मकर्मीले अरूणिमालाई बधाइ दिनुको साथै छोरीलाई आशिर्वाद दिएका थिए ।

 


 

 

पार्टीमा देखा परेनन् नरेश ?

आफूलाई यो क्षेत्रमा ल्याउने पहिलो श्रेय अरूणिमाले निर्देशक नरेश पौडेललाई दिने गर्थिन् तर गुरू चेलीको सम्बन्धमा फाटो आएको विभिन्न समाचारको बुधबार पुष्टी भएको छ  ।

अरूणिमाले दिएको पास्नी पार्टीमा उनी निकट चलचित्रकर्मीको उपस्थिति बाक्लै थियो तर भिडमा नरेश पौडेल नदेखिंदा यि गुरू चेलीको दश बर्षे सम्बन्ध सकिएको पुष्टी भएको हो । उता नरेशले पनि विभिन्न ईन्टरभ्यूमा अरूणिमासंग पहिलेको जस्तो सुमधुर सम्बन्ध नरहेको स्टेटमेन्ट दिईरहन्थे तर बुधबारको पार्टीमा नरेश मिस भईदिदा उनीरूको सम्बन्धले कोल्टे फेरेको प्रष्टिएको हो ।

 

नरेश डेढ साताका लागि मुम्बई गएका थिए र दुई दिन अघि काठमाण्डू फर्किसकेका छन् । निम्तो पाएर पनि उनी पार्टीमा नदेखिएका हुन् वा अरूणिमाले नरेशलाई निम्ता नदिएकी हुन् त्यो भने बुझ्न सकिएन  ।