
दश दिनका लागि बैङकक घुम्न निस्किएकी अभिनेत्री करिश्मा मानन्धर आज काठमाण्डू फर्किएकी छिन् । मायाज बारको सुटिङ चलिरहेका बेला बहिनीका साथ बैङकक गएकी करिश्मा आज साँझ काठमाण्डू फर्किएकी हुन् ।
पारिवारिक कारण के थियो होला भन्ने प्रश्नमा करिश्मा पति विनोदले भने, 'यो गोप्य थियो त्यसैले सवै कुरा नभनौं । मात्र यति हो कि करिश्मा फ्रेस भएर आएकी छिन् ।' परिवारलाई कसरी ट्रिट गर्नु पर्छ भन्ने बिषयमा पूर्ण जानकार विनोद केही दिन अघि मात्र पिताको निधनको सम्पूर्ण कार्य सकि लण्डनबाट काठमाण्डू फर्किएका थिए । त्यस अघि उनले केही समयका लागि छोरी कवितालाई अमेरिका घुम्न पठाएका थिए जस अनुरूप श्रीमती करिश्मालाई पनि उनले यो पटक बैङकक फ्रेस हुन पठाएका हुन् ।
पछिल्लो समय अमेरिकाबाट फर्किए यता आफूलाई पूरानै अवस्थाको विजि बनाउन प्रयासरत करिश्मा निरन्तर रूपमा विभिन्न प्रोजेक्टमा अनुबन्धीत भईरहेकी छिन् तर आमा, भाउजु र दिदीको रोलमा । हाल उनी मायाज बारमा बार गर्लको रूपमा रहेको बताईएको छ । दिनेश डिसीको निर्देशनमा मायाज बारको छायाकंन कार्य भैरहेको छ ।