मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रत्नपार्क सफा गरे कलाकारले

फिल्मीखबर, काठमाण्डौ, 2012/04/11

सरकारको झारा टराई एक हप्ते सरसफाई अभियानमा निम्तो बमोजिम आज चलचित्रकर्मीले रत्नपार्कमा झाडु कुचो लगाएका छन् । राष्ट्रिय स्वयमसेवी अभियानमा एक पटक भएपनी स्वयमसेवी भएर देखा परेका कलाकारलाई सरकारले जसरी ढिला समयमा यो अभियनामा सरिक हुन आग्रह गरेको थियो त्यसैगरी सरकारले कलाकारहरुलाई पन्जा र मास्क विना सरसफाईमा अभियनमा सरिक गराउदा उनीहरुले नरमाईलो माने ।

 



दिउँसो एक बजे करिब ५० को संख्यामा पुगेका कलाकारहरुले एउटा बेल्चा र झण्डुको भरमा रत्नपार्कको शान्ति बाटिका सफा गरे । अशोक शर्माले भुईको गोबर बेल्चाले उठाउदै गर्दा गायक राजेश पायल राईले सो फोहरलाई डोकोमा थाप्दै गर्दा उनी गोबरको गन्धले झण्डै बेहोस भए । 'घरमा पनि गरिएको थिएन यस्तो काम तर मास्क उपलब्ध गराईदिएको भए अझै राम्रो हुन्थ्यो', एक हातले फोहर र एक हातले नाक थुन्दै राजेशले भने ।

 



यस्तै सो अभियानको संयोजक भएर जिम्बेवारी निभाएका अशोक शर्माले सरकारले के गर्यो के गरेन भनेर अहिले त्यता नलागेर आफूहरुले दिएको बाचा पुरा गरेको बताए । उनले भने, 'घरको फोहरलाई फल्दा खेरीनै ब्यवस्थित गरे यो कार्यक्रम जरुरी थिएन तर जे भयो यसलाई यसरी नै अघि बढाऊनु नै राम्रो ।' सरसफाई कार्यक्रममा अभिनेत्रीहरु बसुन्धरा भुषाल, मौसमी मल्ल, झरना थापा, नन्दिता केसी, बिनिता बराल, रागिनी खड्गी, गायिका निशा सुनुवार लगायतको उपस्थिति थियो भने अभिनेता तर्फ राजबल्ल्भ कोईराला मात्र सरिक थिए ।

 

 

 

सरसफाई कार्यक्रममा चलचित्र संघ सम्बन्धीत मुख्य संस्था चलचित्र बिकास बोर्ड र द्धन्द संघको तर्फबाट कोही पनि प्रतिनिधि थिएनन् । त्यसैगरी यो अभियनामा सहभागी हुनका लागि गत चैत्र २१ गते प्रधानमन्त्री कार्यालय सिंहदरबामा भेला भएका बरिष्ठ एव चर्चित भनिएका चलचित्रकर्मीको पनि उपस्थिति थिएन ।

 



राष्ट्रिय स्व्यमसेवी अभियान भोली औपचारिक रुपमा समापन गरिदैछ । जसका लागि सरकारले हरेक विद्याका चर्चित अनुहारलाई गौशाला स्थित तिलगंगाको बाग्मती परिसरमा बिहान सात बजे सरसफाईका लागि निम्ता गरेको छ । जहाँ कलाकारहरुलाई पनि उपस्थित गराईने संयोजक अशोक शर्माले तयारी गरेका छन् । भोलीको समापन कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईको पनि उपस्थिति रहने छ ।