मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाग्मती विष्णुमती हैन रत्नपार्क सफा गर्दैछन् कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2012/04/11

बाग्मती विष्णुमती सरसफाईका लागि कलाकारहरुको सहयोग मागेको सरकारले सो योजनालाई प्रभावकारी ढङ्गमा अगाडी बढाउन नसकेपछी कलाकारहरु रत्नपार्क सरसफाईमा लागेका छन् ।

काठमाण्डूका ३५ वडा लक्षित  गर्दे  गत २४ गते देखि एक हप्ताका लागि तय गरिएको राष्ट्रिय स्वयम सेवक अभियानमा सहभागी हुन कलाकारहरु आज दिउँसो रत्नपार्क शान्ति बाटिका पुगी झाडु- कुचो लगाउने छन् । अशोक शर्माको नेतृत्वमा सय भन्दा बढी कलाकारको उपस्थितिमा सरकारको सरसफाईमा योजना सफल बनाउन अशोकले सो योजनामा संयोजकको भूमिका निर्वाह गरेका छन्

 

'हुन त एक दिनको यस्तो कार्यले सधै सफा हुनै हैन तर हामीलाई सरकारले प्रस्ताव गरेपछी जानुपर्छ जुन हाम्रो नैतिक जिम्मेबारी पनि हो', अशोकले भने । गत चैत्र चैत्र २१ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै कार्यालयमा  बोलाई चलचित्रकर्मीलाई सरसफाई कार्यक्रममा साथ दिन आग्रह गरेका थिए जस अनुरुप आज चलचित्रकर्मी रत्नपार्क पुगी सरसफाई कार्यक्रममा सहभागी हुनेछन् ।


सरसफाईका लागि सिनेमा क्षेत्रका बरिष्ठ देखि कनिष्ट सवै चलचित्रकर्मीको उपस्थिति रहने बताईएको छ ।