मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मृगतृष्णा थकाली खाना : तुलसी घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2012/04/10

तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म मृगतृष्णा प्रदर्शनका लागि पूर्ण तयार भएको छ । बैशाख एक गते देखि मोफसल सहित राजधानीका ३ दर्जन सिनेमा घरमा रिलिज हुन लागेको सो फिल्मको यूनिटले मंगलबार प्रेस मिट गरि फिल्म प्रदर्शनका तयार भएको जनाएको हो ।

 'मेरो फिल्म थकाली खाना जस्तै मिठो बनेको  छ जहाँ दाल भात तरकारी अचार सवै छ ।'  प्रेस मिटमा निर्देशक घिमिरेले जानकारी गराए । साई गायत्री फिल्मसको ब्यानरमा निर्मित फिल्मलाई गायत्री भुटियाले निर्माण गरेकी हुन । यस अघि आमाको काख भन्ने फिल्म बनाएकी भुटियाको मृगतृष्णा दोस्रो प्रोजेक्ट हो ।

 

 

उद्योगमा नयाँ पुस्ता हावी भैरहेका बेला फिल्म कस्तो शैलीको बनाउने भन्ने बिषयमा घिमिरेले भने 'नयाँ धारका सिनेमा अचार जस्तै मिठो हो जसले उद्योगमा एउटा ईट्टा थप्ने काम गर्छ तर हाम्रो नियमित खाना भनेकै दाल भात तरकारी हो त्यसैले मृगतृष्णा हाम्रो नियमित खाना हो जुन मिठो छ ।'  यस्तै कार्यक्रममा बोल्दै संगीतकार शम्भुजीत बास्कोटाले 'तुलसी घिमिरेको प्रोजेक्टमा काम गर्न चानचुने कुरा नभएको भन्दै उनको प्रोजेक्टमा अहिले पनि काम गर्न पाउदा गर्व लाग्ने बताए ।'  उनले फिल्मका लागि स्टोरी अनुसारकॊ शब्द जति मिठो  छ त्यस्तै  संगीत भरेको बताए ।

फिल्ममा विराज भट्ट नन्दिता केसी र कर्म लिड रोलमा छन्  । 'पहिलो पटक तुलसी घिमिरे जस्तो बरिष्ठ निर्देशकसंग काम गर्दा निकै खुशी लागको छ र नयाँ अनुभव पनि पाए'  हिरो कर्मले भने यस्तै नन्दिताले आफूलाई ईन्देणी मार्फत  यो उद्योगमा ल्याउने काम गरेका निर्देशक घिमिरेलाई आफ्नो बाबु सरह भएको भन्दै फिल्म भित्र  विभिन्न सपना बोकेर काठमाण्डू आउने अहिलेको पुस्ताको नारीको प्रतिनिधित्व  गरेको बताईन ।

 एक गतेदेखि रेखा फिल्मसको रावणले  राजधानीमा मृगतृष्णासंगै  प्रतिष्पर्धा गर्ने छ भने सोमबार देखि मोसफलमा रिलिज भैसकेको रावणसंग मृगतृष्णाले प्रतिष्पर्धा गर्नुपर्ने छ । तर यो बिषयमा वितरक मनोज राठी भन्छन् 'प्रोमोशन सवैतिर भरपुर गरेको छु तसर्थ अरुको फिल्म राम्रो नराम्रो म केही भन्दिन तर मेरो फिल्म राम्रो रहेकाले चल्छ भन्ने बिषयमा म पुरा ढुक्क छु । '

फर्मुलामा आधारित मृगतृष्णाको केही दिन अघि सिक्किमको बर्ज हलमा प्रिमियर गरिएको थियो । सेलुलोईड फिल्मलाई शिव ढकालले खिचेका हुन भने फाईट  रोशन श्रेष्ठको  साथै   डान्स दिनेश अधिकारी र कमल राईको छ ।