मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

राजेश पायलको कार्यक्रममा पूर्व प्रधानमन्त्रीको हस्ताक्षर फरक -फरक

फिल्मीखबर, काठमाण्डौ, 2012/04/10

साङगीतिक विद्यामा नेपालको प्रतिनिधित्व गर्दे गिनिज बुकमा आफ्नो नाम दर्ता गराउन प्रयासरत गायक राजेश पायल राईले फेरी नयाँ दौडाहा सुरु गरेका छन् ।


कहिले एकै दिनमा आठ वटा सम्म गित रेकर्ड  गरेर  न्यूज म्याटर बनिरहने भर्षटायल गायक राईले आज एक साथ चारवटा एल्बम लन्च गरेका छन् । पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र लोकेन्द्र बहादुर चन्दको बाहुलीबाट एल्बम लन्च गरेका राई सो सम  जिवनकै उत्साह  मोडमा थिए । फाईभ स्टार एभरेष्टको लवीमा पूर्व प्रधानमन्त्रीद्धयले एल्बम लन्च गर्नु अघि  एल्बम निकाल्न सहयोग पुर्याउने आफ्ना सहयोगी हातहरुलाई सम्मान पत्र दिन तयार गरेको सम्मान पत्रमा उनले  नेताद्धयलाई हस्तक्षर गर्न लगाएका थिए । करिब ५० को संख्यामा आफ्नो सहयोगी निकायलाई प्रमाणपत्र मार्फत सम्मान ब्यक्त गरेका राईले कार्यक्रम भब्य रुपमा आयोजना गरेका थिए । यस्तै कार्यक्रममा  पूर्व प्रधानमन्त्रद्धयले राईलाई चाडै बिहे गर्न सुझाव पनि दिएका थिए ।


 


तर कार्यक्रममा सहयोगी हातहरुलाई दिएको प्रमाणपत्र मध्येको केही प्रमाण पत्रमा लोकेन्द्र  बहादुर चन्दको हस्ताक्षर फरक-फरक पाईएको छ । देशको सर्वश्रेष्ठ निकायमा बहाली भैसकेका चन्दको हस्ताक्षर फरक भेटिएपछी  फिल्मीखबरले यो बिषयमा नोट गरेको हो । संगैको सबुत स्वरुप संगैको दुई प्रमाणपत्रमा  हेर्नुस पूर्व प्रधानमन्त्री   चन्दको  सिग्नेचर कसरी फरक छ ।