मुहुर्तको अघिल्लो दिन स्कुटु दुर्घटनामा परेकी हिरोईन नीता ढुङ्गगानाको स्क्रयाच भएको गाला पूरानो अवस्थामा नआएपछी उनको हातबाट मेरो भ्यालेन्टाईन प्रोजेक्ट गुमेको छ ।
सुरज सुब्बाको निर्देशनमा बन्न लागेको सो फिल्म आउदो बैशाख १५ गतेदेखि सुरु हुदैछ तर स्क्रयाच भएको नीताको गाला पहिलेको अवस्थामा नआएपछी सुब्बाले मंगलबार उनको स्थानमा मोडल सुस्मिता ढकाललाई अनुबन्धीत गरेका छन् । पोष्टप्रोडक्सन कम्पनी सफट ईमेजको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा निशा अधिकारी , बाबु बोगटी र स्वतन्त्र प्रताप शाह छन् । जहाँ सुस्मितालाई सुब्बाले हिरोईनमा डेब्यू गराउदैछन् । 'यसलाई रिप्लेस नभन्नु होला उहाँको कोरिएको गाला पुरानो अवस्थामा न
आएपछी सहमतिमा यो प्रोजेक्टमा उहाँ काम नगर्नु भएको हो त्यसैले हामीले सुस्मितालाई लिएका हौ । ' नयाँ हिरोईन एग्रीमेन्ट प्रश्चात सुब्बाले भने ।
नीता लिनु अघि सो प्रोजेक्टमा हर्षिका श्रेष्ठपनि अनुबन्धीत हुने कुरा थियो तर फिल्म निर्माण गर्ने टिम चेन्ज भएपछी हर्षिका सहितका पुरानो टोलीको स्थानमा अन्य कलाकार छनौट भएपछी हर्षिकाको स्थानमा नीता भन्ने गसिपले पनि मिडियामा राम्रै स्थान पाएको थियो । काठमाण्डूमा दश प्रतिशत र बाँकी चितवनमा सुटिङ हुने सो फिल्म चार साथी बीचको कथा हो । फिल्मका प्रोड्यूसर सुशिल श्रेष्ठ हुन जो सफट ईमेजका मेनेजिङ्ग डिरेक्टर पनि हुन ।

