मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिबलाई खतरा !

फिल्मीखबर, काठमाण्डौ, 2012/04/10

ब्राण्डेडको रूपमा स्थापित शिब रेग्मी नाम अहिले डगमगाउन थालेको छ । त्यसैले आफ्नो ब्राण्डेड नामलाई जोगाउन शिबले एक पटक सोच्न पर्ने बेला आएको छ । नयाँ धारका फिल्म निर्माणले शिबको आफ्नो प्याटर्नलाई कतै धावा बोलेको त छैन भन्ने अनुमान पनि लगाउन थालिएको छ ।

 

बैशाख २२ गते रिलिज हुन लागेको 'फूल' बाट शिबले जीत आफ्नो पोल्टामा पार्नै पर्छ नत्र उनले र उनका आगामी प्रोजेक्टले ठूलो मूल्य चुकाउन पर्छ । हाँसी देउ एक फेरबाट नराम्रो हार खेपेका निर्देशक शिब रेग्मीलाई साथी म तिम्रोले अर्को नराम्रो झट्का दियो । आश गरेको भनिएको फिल्मले दर्शकलाई निराश पारेपछि रेग्मीलाई अहिले 'फूल' फिल्मले ठूलो चुनौती थपिदिएको छ ।

 

नारी प्रधान कथालाई जोड दिने शिबले 'फूल' मा पनि नारी माथीको संवेदनालाई प्रस्तुत गरेका छन् । उनले निर्देशन गरेका अधिकांश नारी प्रधान फिल्म सफल भएकोले 'फूल' ले पनि सफलता हात पार्ने आश गर्न सकिन्छ । शिबले यसपटक हाँस्य रसलाई फिल्ममा बढि जोड दिएका छन् । तर पनि फिल्मको मुख्य डोज नै नारी संवेदना हो । 'नारी एउटा फूल हो जसलाई हामीले मन लागेको बेला सुँघ्छौं र मन लागेकै बेला टिपेर फाली दिन्छौं' यहि थिममा नै शिबले 'फूल' लाई फुलाउने कोशिस गरेका छन् । अब हेरौ उनको यसपटकको कोशिसले कस्तो मोड लिने हो ।

 

नारीलाई फूलसंग तुलना गरि निर्माण गरिएको सो फिल्मको केन्द्रिय पात्रको रूपमा गरिमा पन्तले अभिनय गरेकी छिन् । साथमा राजबल्लभ कोईराला, निरज बराल, सिर्जना बस्नेत, निर शाह, युवराज लामा, किरण केसी, राजाराम पौडेल, उत्तम केसी लगायतका कलाकारहरूले अभिनय गरेका छन् । नायिका निरूता सिंहलाई बिशेष भुमिकामा प्रस्तुत गरिएको छ । मित्रता सिने मुभिज प्रालिको ब्यानरमा संजीत कुमार 'बब्लु', चन्द्र श्रेष्ठ, यमनाथ दनै, क्रन्दन मास्के र सुनिल श्रेष्ठले निर्माण गरेको सो फिल्मको कथा बिकास आचार्य र निर्देशक रेग्मीले लेखेका हुन् ।