
तय गरिएको कार्यक्रममा शोहरू थपिने लक्षण देखिएपछी तीतो सत्य यूनिटले महानायक राजेश हमाललाई धेरै एपिसोडमा देखाउने सम्भावनमा न्यून रहेको जनाएको छ । सोमबार साँझ २० दिनका लागि लण्डन प्रस्थान गर्नु अघि तीतो सत्यका निर्देशक दिपकराज गिरीले भने, 'कार्यक्रममा ब्यस्तता बढ्ने संकेत ज्यादा देखिएकाले राजेश हमाललाई हामी धेरै एपिसोड सम्म देखाउन सक्दिनौ जस्तो छ ।'
टेलिभिजनको सवै भन्दा चर्चित हाँस्य श्रृङखलामा राजेश हमाल कसरी महानायक बने भन्ने प्रसङ्गलाई दिपकले लामो एपिसोड बनाएर देखाउने योजना बनाएका थिए तर योजनामा लण्डनको शो थपिएपछी हमाललाई सम्भवत एक एपिसोडमा मात्र देखाईने दिपकले जानकारी गराए । नयाँ बर्ष २०६९ को छेकोमा हुने विभिन्न कार्यक्रममा महानायकले डान्स गर्ने छन् भने आफ्ना केही चर्चित डाईलग पनि भन्ने छन् । टोलीमा दीपाश्री निरौला र गायक हिमाल सागर पनि छन् ।
हमालको लण्डन यात्राले मायाज बार प्रभावित
अकस्मात बदलिएको मौसमका कारण राजेश हमाल अभिनित फिल्म मायाज बारको सुटिङ प्रभावित भएको छ । हमाल लण्डन जाने भएपछी खर्चिएर बनाएको सेटमा काठमाण्डूको मौसम हावी भैदिदा हमालको एक सिन खिच्न नपाएपछी मायाज बार युनिटले सो सिन खिच्न अझै पच्चिस दिन कुर्नु पर्ने हुन्छ जसकारण फिल्म निर्धारित समय भन्दा अघि प्याकअप हुनबाट बञ्चित भएको छ ।
फिल्मी करिअरमा पहिलो पटक नेगेटिभ क्यारेक्टरमा देखिन लागेका हमाललाई लण्डन प्रस्थान गर्नु अघि दिनेश डिसीले एक सिनमा अभिनय गराउन बाँकी थियो तर निरन्तरको मौसम गडबढीले अन्तिम एक सिन खिच्न नपाएपछी मायाज बारको बजेट बढ्ने निश्चित भएको हो ।