
केपी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्म 'के म तिम्रो साथी वन्न सक्छु' को आईतवार मलेसियामा
प्रिमियर गरिएको छ । मलेसियाको शहर रावाङमा रहेको पावागम सिनेमा हलमा फिल्मको प्रिमियर गरिएको हो । मलेसियाका बरिष्ठ साहित्यकार मनिराई गोठाले र निर्माता कृषा चौलागाईले संयुक्त रुपमा दिप प्रज्वलित गरि फिल्म प्रर्दशनको शुभारम्म गरेका हुन् ।
स्थानिय वर्ल्ड वाईड स्टार फिल्ड एसडिएन विएचडिको आयोजनामा प्रर्दशन भएको सो फिल्म हेर्न नेपालीका अलावा मलेसियन नागरिकहरुको समेत सहभागिता रहेको थियो । हाउसफुलका साथ प्रर्दशन भएको फिल्मलाई मलेसियाका अन्य स्थानहरुमा समेत देखाईने भएको छ । फिल्म प्रर्दशन पछि निर्माता चौलागाई निकै खुसी देखिन्थिन् । दर्शकसँगै हलमा फिल्म हेरे पश्चात कृषाले फिल्मीखबरलाई भनिन्, 'यो सफलताले मलाई अझ हौस्याएको छ ।'
फिल्म चल्ने थाहा पाएका नेपाली दर्शकहरु आईतवार विहानैदेखि सिनेमा हल पुगेका थिए । सिनेमा हलले पनि केहि दिन अगाडीबाट 'के म तिम्रो साथी वन्न सक्छु' पब्लिसिटी गरेको थियो । फिल्म हेरिसकेपछि वाग्लुङका दिपक रानाले भने, 'नेपाली फिल्म पनि यतिको राम्रो बनेको रहेछ मनै छोयो ।' अर्का दर्शक झापाका विनोद थपलियाले भने, 'कथा वस्तु र प्रस्तुति निकै राम्रो लाग्यो र कलाकारको अभिनय पनि राम्रो छ । मलाई लाग्छ यो फिल्मले सफलता पाउनेछ ।'
शिवम अधिकारीको कथालाई सविर श्रेष्ठले निर्देशन गरेको 'के म तिम्रो साथी वन्न सक्छु' मा आर्यन सिक्देल, दिप्ती गिरी, सन्दिप सापकोटा, दिनेश डिसि, धिरेन शाक्य, शिशिर राना लगायतले अभिनय गरेका छन् । दिनेश सुनमको संगित रहेको फिल्मका गीतकार प्रमोद ढुँगाना हुन् । मलेसियापछि यो फिल्म इजरायल, कतार लगायतकका मुलुकमा प्रर्दशन हुने भएको छ । पहिलो प्रर्दशन पछि स्थानिय सहयोगीहरुलाई मलेसियाको जिम्मा लगाएर सोमवार निर्माता कृषा चौलागाई नेपाल फर्कदै छिन् ।