मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहे बारे यसो भन्छिन् रेखा

फिल्मीखबर, काठमाण्डौ, 2012/04/09

नायिका रेखा थापाले आफ्नो बिहे हुन लागेको खबरको बारेमा फिल्मीखबरसँग कुरा गर्दै आफ्ना शत्रुले यस्तो हल्ला चलाएको बताईन् । उनले भनिन्, 'मैले बिहे गर्न लागेकी छैन । मेरो फिल्मलाई असर पार्न यस्तो हल्ला चलाईएको हो ।'

 

आज सोमबारदेखि मोफसलबाट प्रदर्शनमा आएको फिल्म 'रावण' लाई कुभलो चिताउनेले यस्तो हल्ला गरेको उनी बताउँछिन् । लामो समय देखि आमासँग बस्दै आएकी रेखाले बेला बेलामा घर जाने गरेको बताउँदै भनिन्, 'आमाको घरमा बस्दा यस्तो हल्ला चल्नु राम्रो हैन । माईतीमा म जति समय पनि बस्न सक्छु । त्यसैले यो बिहेको खबरलाई इसुको रूपमा नलिनु होला ।'

 

यस्तै रेखा पति छबि ओझाले बिहेको खबरको बारेमा आफूलाई केहि जानकारी नभएको बताए । उनले आश्चर्य व्यक्त गर्दै भने, 'खै मलाई त यो बारेमा केहि थाहा छैन । हाम्रो बिच त्यस्तो नराम्रो पनि केहि भएको छैन । सायद मेरो फिल्मलाई असर गर्न यस्तो हल्ला चलाईएको होला ।' तर रेखा र छबिको सम्बन्ध केहि समय देखि त्यति राम्रो नभएको खबर बाहिर आईरहेका भने छन् ।

 

आखिरमा कुरोको चुरो के हो त ? के रावण फिल्मलाई असर पार्न रचिएको यो प्रोपोकाण्डा हो त ? फिल्मीखबरले यो बिषयमा आफ्नो ध्यान केन्द्रित गरिरहने छ ।