मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोजको हिरोईनलाई दिनेश डिसीले निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/04/09

सम्भव भएसम्म होम प्रोडक्सनको सातौ प्रोजेक्ट 'हिरोईन' लाई आफैले निर्देशन गर्ने सुर कसेका रोज राणाले सो प्रोजेक्टलाई दिनेश डिसीको पोल्टोमा फ्यालिदिएका छन् । औपचारिकरुपमा सुटिङमा नगई विभिन्न फिल्मी कार्यक्रममा कसैलाई थाहै नदिई ४० प्रतिशत सिन खिचिसकिएको हिरोईनको बाँकी ६० प्रतिशत सुटिङ बैशाखको चौथो हप्तादेखि डिसीको निर्देशनमा हुने छ ।

प्रोड्यूसर राणाले भने, 'दिनेश दाईको काम देखि म पहिले देखिनै प्रभावित भएको थिएँ त्यसैले नयाँ जेनेरेशन पनि बुझेको मान्छे भएकाले उहाँलाई हिरोईन डाईरेक्सन गर्न दिएको हुँ ।'  ज्योतिष शास्त्रमा विश्वास गर्ने रोजले डिसीलाई बुधबार साईन गराउदैछन् । उनले भने, 'बुधबार मेरो लक्की दिन हो त्यसैले मौखिक सहमति भैसकेकाले उहाँसंग सोही दिन एग्रीमेन्ट हुन्छ । '

एग्रीमेन्ट भएलगत्तै
प्रि-प्रोडक्सनका अन्य कामलाई डिसीले अगाडी बढाउने छन् । फिल्मका लागि मेन क्यारेक्टर हिरोईन अझै पाउन नसकेको सोफिया सिने आर्टसले दर्जनौको संख्यामा मोडल हेरीसकेको छ तर भने जस्ती हिरोईन पाउन नसकेको प्रोड्यूसर राणाले जानकारी गराए ।

यस्तै हिरोईन निर्देशनको प्रस्ताव आएपछी दिनेश डिसीले भने, 'न्यूज मार्फत यो सवजेक्टमा केही फिल्ममेकरले फिल्म बनाउन लागेको खबर थाहा पाउदा देखि आफूलाई पनि यस्तै फिल्म बनाउने सोच आएको  र सो सोच आएको धेरै दिन हुन नपाई रोज जीले एप्रोच गरेपछी मैले हिरोईनका लागि ओके गरिदिएँ ।'  

हाल मायाज बारको सुटिङमा ब्यस्त डिसी बैशाख १५ सम्म सो प्रोजेक्टमा ब्यस्त हुनेछन्
त्यस लगत्तै उनी हिरोईन लिएर फ्लोरमा जानेछन् । हिरोईन माथिको सब्जेक्टमा नवराज आचार्यले कलिउड भन्ने फिल्म बनाउदैछन् यस्तै नरेश पौडेलले स्वीट ड्रिम्स र बलिउडमा मधुर भण्डारकरको फिल्मको नाम पनि हिरोईन राखिएको जसको चौतर्फी चर्चा चलिरहेको छ । तर रोज भन्छन्, 'बलिउडको हिरोईन रिलिज अघि मेरो हिरोईनलाई दर्शकले हेर्न पाउने छन् ।'

हिरोईन नेपाली फिल्म उद्योगका यथार्थ घटनालाई कथात्मक बनाएर निर्माण हुन लागेको फिल्म हो जसलाई रोजले महत्वकाक्षी  प्रोजेक्ट भनेका छन् ।