मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नयाँ बर्षमा फेसबुकको फस्टलुक

फिल्मीखबर, काठमाण्डौ, 2012/04/09

पछिल्लो समयको लोकप्रिय सामाजिक संजाल फेसबुकको नाममा निर्माण गरिएको फिल्म 'फेसबुक' रिलिजका लागि अन्तिम तयारीमा जुटेको छ । जुन १० तारिखका दिन कोरियामा प्रिमियर गर्न लागिएको सो फिल्मको अनामनगर स्थित सफ्ट इमेजमा पोस्टप्रोडक्सनको अन्तिम काम हुँदैछ । फिल्मको फस्टलुक नयाँ बर्षको शुरूवातमा सार्वजनिक गरिने छ ।

 

सिंगापुरमा पहिलो प्रिमियर गर्ने बताईए पनि प्राबिधिक कारणले पहिलो प्रिमियर कोरियामा गर्न लागेको निर्देशक सुरज सुब्बा 'नाल्बो' ले फिल्मीखबरलाई बताए । प्रिमियरमा चलचित्रको मुख्य पात्र झरना थापा र निर्देशक सुब्बा कोरिया जानेछन् । त्यसपश्चात फिल्म सिंगापुर, अष्ट्रेलिया सहितका मुलुकमा रिलिज गरिनेछ र नेपालमा साउन महिनाको अन्तिम साता रिलिज गरिनेछ ।

 

प्रदर्शन पूर्व नै चर्चामा आएको फिल्म 'फेसबुक' मा राजेश हमाल, झरना थापा, स्वतन्त्रप्रताप शाह, सुवास थापा, सुनिल थापा, अनुराग मान सिंह कुवँर, मतिन खान, विल्सन विक्रम राई, सुमन गैरे, धिरेन्द्र चन्द, अभिमन्यु केसी लगायतले अभिनय गरेका छन् । सिंगापुर र नेपालमा सुटिङ गरिएको फिल्ममा सुरज सुब्बाको कथा, सुनिल बर्देवाको संगीत, संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराजको करियोग्राफी रहेको छ । एसके थापा प्रोडक्सनको व्यानरमा सुनिल कुमार थापाले फिल्मलाई निर्माण गरेका हुन् ।
 

Most Visited News (monthly)