मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मालतीको भट्टी हल ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/04/08

केही दिन अघि मालतीको भट्टीको गित रिलिज गरेको ब्रदर्श ईन्टरटेन्मेन्टले हल ट्रेलर सार्वजनिक गरेको छ । साढे एक मिनेटको ट्रेलरमा फिल्म भित्रकी मुख्य पात्र मालती (रेखा थापा) लाई बढी फोकस गरिएको छ ।

 

काबिल फिल्मसका लागि ब्रदर्श ईन्टरटेन्मेन्टले निर्माण गरेको सो फिल्मलाई गणेश देव पाण्डेले डेब्यू फिल्मको रुपमा निर्देशन गरेका हुन् । जहाँ जिवन लुईटेल र नन्दिता केसी पनि लिड रोलमा छन् । जेठ १२ गते देखि देशब्यापी रिलिजको तयारीका साथ प्रोमोशनलाई तिब्रता दिएको ब्रदर्श ईन्टरटेन्मेन्टले समय सापेक्ष फिल्म उत्कृष्ट भएको दावी गरेको छ ।

 

फर्मुला शैलीमा फिल्म निर्माण गरिरहेका प्रोड्यूसर प्रदीप उदयले यो फिल्म मार्फत आफ्नो परम्परागत ट्रयाक चेन्ज गर्ने प्रयास गरेको बताए । 'भोलीबाट देशभरिका ६५ भन्दा बढी हलमा यो ट्रेलर बज्ने छ', उदयले जानकारी गराए । यस्तै उदयका अनुसार आउदो शुक्रबार देखि राजधानीका मल्टिप्लेकसमा पनि यो ट्रेलरबाट प्रोमोशनको रफतार बढाईने छ ।

Trailer :

 Song :