Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलोकको जात्रामा बिजय लामा प्रोड्यूसर

फिल्मीखबर, काठमाण्डौ, 2012/04/07

कोही मेरो रिलिजको दुई बर्ष पश्चात आलोक नेम्बाङ्ग फिल्म निर्देशनमा पुनः फर्किदैछन् । जसमा  उनका भिनाजु विजय लामाको लगानी रहने छ । पाईलट एवं कुशल कलाकार तथा संचारकर्मी समेत रहेका विजय लामाले फिल्म मेकिङ्गमा इन्ट्रेस्ट  देखाएपछी आलोक फिल्म निर्देशनमा कमब्याक हुन लागेका हुन्



पहिलो प्रोजेक्ट सानो संसारबाट जति सफलता हात परेका थिए आलोकले त्यसपछीको प्रोजेक्ट कोही मेरोबाट विभिन्न समिक्षात्मक टिप्पणी खेपेपछी उनी फिल्म निर्देशनमा सुस्ताएका थिए तर भिनाजु बिजय लामाको हौसला पछी उनी दुई बर्ष पश्चात फिल्म निर्देशनमा फर्किने भएका हु
न् । उनको नयाँ फिल्मको नाम राखिएको छ 'जात्रा' जसमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्द लिड रोलमा खेल्ने करिब फाईनल भैसकेको छ


 फिल्ममा सिम्पल खनाल पनि अनुबन्धीत हुने कुरा बाहिरिएको थियो तर यो बिषयमा आलोकले भने, 'मैले सिम्पलजी संग केही म्यूजिक भिडियोमा काम गरे उहाँ कुशल कलाकार हो तर मेरो फिल्मको हिरोईन चाहि हैन ।' जात्राको हाल प्रि - प्रोडक्सनको काम सुरु भएको छ जसमा कुमार भट्टराईले स्क्रिप्ट राईटर भएर पेन चलाएका छन् । नयाँ फिल्म निर्माणको बिषयमा आलोकले भने, 'कुमार जीले स्क्रिप्ट लेखिरहनु भएको छ तसर्थ स्पटमा कहिले निस्कने हो अहिले नै भन्न सकिन्न ।'


सम्भवत: आलोकले आउदो असार महिनाबाट जात्रा लिएर फ्लोरमा जाने छन् । यस्तै आलोकले आउदो बर्ष तीन वटा सम्म फिल्म डाईरेक्सन गर्ने पनि संकेत देखाए । यो बिषयमा उनले हास्दै भने, 'अलिकति ग्याप भयो तसर्थ आउदो बर्ष फिल्महरु निर्देशन गर्छु ।'  संख्यात्मक रुपमा कति होला भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने 'धेरैमा तीनवटा सम्म तर दुई वटा चाहि कनर्फम भन्नु पर्ला  ।'