मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फिल्म मेकिङमा छवि ओझाको सन्यास !

फिल्मीखबर, काठमाण्डौ, 2012/04/07

यस अघि दुई पटक सन्यास घोषणा गरी पुनः फिर्ता लिएका प्रोड्यूसर छवि ओझाले फेरी एक पटक सन्यास घोषणा गरेका छन् । फिल्मीखबरसंगको कुराकानीमा छविले भने, 'रावण रिलिज सकिए लगत्तै केही समयका लागि फेरी सन्यास घोषणा गर्दैछु ।'

 

२३ बर्ष अघि राजेश हमाल डेब्यू फिल्म 'युग देखि युग सम्म' बाट प्रोड्यूसरको ट्याग भिरेका छविले हाल सम्म १३ वटा फिल्म बनाए जस मध्ये प्राय सवै फिल्ममा उनी सफल छन् । युगदेखि युग सम्म पछी नाता, जन्मभूमि बनाएपछी करिब पाँच बर्ष फिल्म निर्माण नगरेका छवि पुनः फर्किए गोठालो लिएर जुन सुपर हिट भएको थियो । त्यसपश्चात उनी निरन्तर रूपमा फिल्म निर्माण गरिरहने नम्बर वान प्रोड्यूसरको रूपमा गनिए । तर गत बर्ष कस्ले चोर्‍यो मेरो मन रिलिजसंगै सन्यास घोषणा गरेका छविको सन्यास १ महिना पनि टिक्न पाएन ।

सन्यास बिषयमा उनले भने, कस्ले चोर्‍यो मेरो मन' पश्चातको मेरो सन्यासको खबरले अधिकाशं फिल्ममेकर स्तब्ध भएका थिए र उनीहरूको आग्रहमा मैले सन्यास फिर्ता लिए तर यो पटक फेरी सन्यासको मुड आएको छ । तसर्थ सन्यास कति समयको लागि हो अहिले नै भन्न सक्दिन ।' आखिर छविले बारम्बार किन सन्यास घोषणा गर्दे फिर्ता लिन्छन् त ? यो प्रश्नमा उनी भन्छन्, 'बाहै महिना बार्‍है काल फिल्मभन्दा बाहिरको कुरा सोच्न पाईएन त्यसैले केही महिने विश्राम पनि चाहिदो रहेछ ।  मैले पैसा जति कमाए मेरा लागि पुग्यो त्यसैले पनि अब बाकी समय घुमघामका लागि पनि मैले छुट्याउनु पर्छ तसर्थ सन्यास मुड आएको हो ।'

आउने साता देखि रावण रिलिज भए पश्चात छवि फ्रेस हुन कतै निस्कने योजनामा छन् तर उनको साथमा रेखा थापा हुन्छिन् वा हुन्नन् उनले बताउन चाहेनन् । यध्यपी सो मौकामा अब फर्मुला शैलीको आफ्नो फिल्म मेकिङको शैलीलाई उनी परिवर्तन गर्न पनि सन्यास घोषणा गर्न लागेका हुन् । उनी भन्छन्, 'फर्मूला शैली नचल्ने हैन तर पनि समय अनुसार परिमार्जित भएन भने हामीलाई दिईएको सफल प्रोड्यूसरको ट्याग हाँस्यास्पद हुन्छ ।'