मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

पेश्ला भईन् प्ले गर्ल

फिल्मीखबर, काठमाण्डौ, 2012/04/07

दुलही रानीमा पहिलो पटक साईड रोल पाएकी पेश्ला कट्वालले नयाँ फिल्ममा सोलो रोल पाएकी छिन् । यस अघि तिमि देखी तिमी सम्म टाईटल रहेको जानकारी गराएका निर्देशक विजय विक्रम बस्नेतले फिल्मको टाईटल परिवर्तन गर्दे पेश्लालाई प्ले गर्ल बनाएका हुन् ।

'सवैको सुझावमा टाईटल परिवर्तन गरेर 'प्ले गर्ल' बनाएँ जसमा पेश्ला लिड रोलमा खेल्ने छिन्', सुटिङका लागि ईलाम निस्कनु अघि बस्नेतले फिल्मीखबरलाई जानकारी गराए । २५ दिने सेडुल बनाएर निर्देशक बस्नेत 'प्ले गर्ल' को टिम लिएर शनिबार ईलाम प्रस्थान गरेका छन् । लेडिज नै फिल्मको मुख्य पात्र रहेको 'प्ले गर्ल' मा पेश्लाका अलवा नयाँ अनुहारमा मधुसुदन कुवँर, केवल भुजेल पनि लिड रोलमा रहने बस्नेतले जानकारी गराए ।

यस अघि कमेडी फिल्म नमस्ते र हात लाग्यो शुन्य बनाएका बस्नेतले ट्र्याक चेन्ज गर्दे सोसल श्रेणीको फिल्म बनाउन लागेका हुन् । जसलाई ईलामका समिर खड्काले प्रोड्यूसरको रूपमा सहयोग गरिरहेका छन् । फिल्मको सुटिङ दार्जिलिङको मिरिकमा पनि हुने छ भने एक गितको सुटिङ काठमाण्डूमा पनि गरिने बताईएको छ । फिल्मलाई लोकेन्द्र थापाले खिच्नेछन् भने संगीत विकास चौधरीको छ ।