
नयाँ बर्ष २०६९ सालको शुभकामना सहित कलाकार सुलेमान शंकर 'इकु' नयाँ फिल्म 'इकु व्याक अगेन' लिएर आउँदैछन् । जसको प्रोमोशनमा उनी रातदिन खटिएका छन् ।
बैशाख १५ गते सार्वजनिक हुने भनिएको सो फिल्मको प्रोमोशनका लागि इकु आफ्नी श्रीमती तथा इकुकी मुख्य पात्र जया शंकरको साथमा कहिले साँस्कृतिक मेला त कहिले व्यापार मेलामा पुगी उपस्थित दर्शकलाई आफ्नो फिल्म हेरिदिन आग्रह गरेका हुन्छन् । यहि क्रममा शुक्रबार राजधानीमा भएको बालाजु बाइसधारा(जामाचोक) मेलामा पुगि इकुले आफ्नो फिल्मको प्रोमोशन गरे । उपस्थित दर्शकलाई फिल्म राम्रो बनाएको बताउँदै एक पटक फिल्म हेरि कमेन्ट गरिदिन आग्रह गरे । कार्यक्रममा आयोजक बेस्ट बालाजु युवा क्ल्बले उनलाई सम्मान समेत गरेको थियो ।
प्रोमोशनकै क्रममा केहि दिन अगाडी मात्र इकु आफ्नी श्रीमतीलाई लिएर राजधानीमा चलेको सामसुङ एक्स्पोमा पुगेका थिए भने अब उनी केहि कलाकारको साथमा नेश्नल टुरमा निस्कदै छन् । सागर लामिछानेले निर्देशन गरेको यो फिल्म दुई बर्ष अघिको 'इकु' को सिक्वेल हो । विपिन आचार्यको संगीत रहेको सो फिल्ममा इकु र जयाको साथमा रोविन पोखरेलर रवि डंगोलको साथमा थिन्ले लोन्डुपको मुख्य भुमिका रहेको छ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् ।