
पछिल्लो समय नेपाली फिल्मले एउटा नयाँ धारको शुरूवात गरेको छ । फर्मुला श्रेणीका फिल्मलाई ओझेल पार्दै अहिलेको जेनेरेशनलाई स्वाद चखाउन मेकरहरू नयाँ नयाँ टेस्टका फिल्म दिन थालेका छन् । यहि क्रमलाई काईट्स इन्टरटेन्मेन्टले आत्मसाथ गरेको छ ।
केहि दिन अगाडी मात्र स्थापना गरिएको व्यानर काईट्स इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको नाम 'रेड वाईन' राखिएको छ । मायाको नशाले मानिसलाई कुन मोड र परिस्थितीमा पुर्याउँछ भन्ने मुख्य थिममा आधारित रहेर निर्माण गर्न लागिएको उक्त फिल्मका निर्माताको नाम गोप्य राखिएको छ । सस्पेन्स थ्रील फिल्म 'रेड वाईन' लाई कस्ले चोर्यो मेरो मन डेब्यू निर्देशक सबिर श्रेष्ठले गर्नेछन् । यहि फिल्म कस्ले चोर्यो मेरो मनबाट सबिरले दुई छुट्टाछुट्टै फिल्म अवार्डबाट उत्कृष्ट निर्देशकको अवार्ड जितीसकेका छन् ।
तीन लभस्टोरी फिल्म निर्देशन गरेका सबिरले यस पटक केहि फरक स्वाद चखाउने बताए । फिल्मीखबरसँग कुरा गर्दै उनले भने, 'अब बन्ने मेरो फिल्म अलि फरक प्रस्तुतीको रहनेछ । अहिलेको दर्शकको दिमागसँग खेलेर नयाँ टेस्टको फिल्म बनाउन लागेको हुँ ।' फिल्मको कथा सबिर स्वयंले लेखेका छन् । समयको बदलिंदो परिवेशलाई आधार मान्दै निर्माण गर्न लागिएको 'रेड वाईन' का कास्टहरू पनि खुलाईएको छैन ।
तीन वटा गीत समावेश गरिने सो फिल्ममा दिनेश सुनामको संगीत रहने छ । फिल्मका गीत किरण खरेल र प्रमोद ढुंगानाले लेखेका छन् । सुटिङ सेडुल फाईनल नगरिएको फिल्मको अहिले स्क्रिप्ट र म्युजिकको काम भईरहेको छ । कास्टहरू चयन भए लगत्तै निर्माताको नाम पनि खुलाईने छ ।