मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

फाईनल डिसिजन दिएकी थिईन : सिम्पल

फिल्मीखबर, काठमाण्डौ, 2012/04/06

प्रि-प्रोडक्सनमा रहेको फिल्म 'कलिउड' मा नायिकाको रूपमा आफूलाई लिन लागेको कुरालाई मोडल सिम्पल खनालले स्विकारेकी छिन् । तर उनले सो फिल्ममा लिड रोलमा नभएर अर्को सेकेण्ड रोलमा कुरा चलेको बताईन् ।

 

फिल्मीखबरमा आफ्नो बारे समाचार पढे पछि केहि चित्त दुखाउँदै सिम्पलले भनिन्, 'निर्माता र निर्देशकले मसँग कुरा मात्र गर्नु भएको हो तर मैले डिसिजन दिएकी थिईन ।' आफू अर्को नयाँ प्रोजेक्टमा पनि काम गर्न लागेकाले समय नमिल्ने छाँट देखेर कलिउडमा फाईनल नगरेको सिम्पलले बताईन् । कलिउडमा मुख्य भुमिकामा देखिने भनिएकी अर्की मोडल साहना बज्राचार्यलाई आफूले रिप्लेस गर्न लागेको कुरालाई अस्विकार गर्दै सिम्पलले सो फिल्मका लागि आफूलाई कसैले सिफारिस समेत नगरेको बताईन् ।

 

यता फिल्मका निर्माता कुमार खड्का पनि बन्द कोठा भित्र तीन जना बिच भएको बार्ता एक्कासी बाहिरिंदा चकित परेको बताए । उनले भने, 'हामीले सिम्पल जीसँग कुरा मात्र गरेका थियौं तर लिने नलिने निर्णय भईसकेको थिएन ।' सिम्पलसँग फिल्मको सेकेण्ड क्यारेक्टरका लागि कुरा भएको निर्माता खड्काले बताए । नवराज आचार्यले निर्देशन गर्ने सो फिल्ममा आर्यन सिग्देल र बिष्णु कार्की फाईनल नै छन् भने सिम्पल र साहानको बिषयले भने कुन मोड लिन्छ त्यो हेर्न बाँकी नै छ ।
 

नेपाली फिल्म उधोगको केहि यथार्थ घटनालाई 'कलिउड' मार्फत प्रस्तुत गर्न लागेको यो युनिटले सायद बुझ्ने छ यहाँ छोड्ने छुटाउने प्रचलन नौलो हैन । निर्माण शुरू नहुँदै कन्ट्रोभर्सीमा परेको यो फिल्म युनिटले राम्रो सिनेमा बनाएर देखाओस् हाम्रो शुभकामना !