
पछिल्लो समय जर्नलिष्टसंगको कन्ट्रोभर्सीमा परेकी निशा अधिकारी नयाँ पुस्ताकी हिरोईन हुन् । अझ अमेरिकाबाट एक महिने फिल्म कोर्ष गरेर नेपाल फर्किएपछी उनको चर्चा चौतर्फी चल्यो । समय अनुसार चल्ने र आफू हरेक बिषयमा अपडेटेड भैरहने बताउने निशा कति सम्मकी परिवर्तनशिल रहेछिन् भन्ने प्रमाण यि फोटोले आफै पुष्टी गर्छ ।
पहिलो नम्बरको फोटो करिब ६ महिना अघि उनले सेसन गरेको फोटो हो जुन फोटो उनको फेसबुक फ्यान पेजमा प्रोफईल पिक्चरको रुपमा पनि राखिएको छ । यस्तै दोस्रो नम्बरको एक्सक्लुसिभ फोटो हाल सुटिङ भैरहेको फिल्म मायाज बारको हो । जहाँ कलाकार सरोज केसीसंग एक सिनमा उनी सोही ड्रेसमा देखिएकी छिन् । यति सम्मकी सोही ड्रेसमा उनी लुटको कन्ट्रोभर्सी पार्टीमा पनि देखिएकी थिईन् जुन फोटो तेस्रो नम्बरको हो ।
फिल्म भन्दा बाहिर उनले आफ्नो ड्रेस दोर्याएर लगाउनु ठूलो कुरा भएन तर पार्टी फङसनमा धेरै पटक लगाएको ड्रेसलाई उनले फिल्म भित्र पनि प्रयोग गरिदिदा उनी परिवर्तनशिल नभएको देखिएको छ । अझ भनौ जे गरेपनि भैहाल्छ भन्ने सोचाईले पनि हुन सक्छ उनले धेरै अघि देखि लगाउदै आएको ड्रेसलाई मायाज बारमा लगाएकी हुन् ।
उनलाई मायाज बारमा यूनिटले ड्रेस दियो दिएन उनीनै जानुन् तर फिल्म कोर्ष गरेर आएको र फिल्मको बिषयमा ज्यादा जानकार भएको बताउने उनी विभिन्न कार्यक्रममा सहभागी हुदाको पुरानै र बारम्बार देखिदै आएको ड्रेसमै फिल्मको सुटिङ पनि भ्याई दिनुलाई विभिन्न कोणले समिक्षा गर्न सकिन्छ । समिक्षा तपाईको तर्फबाट किन उनले धेरै अघि देखि लगाउदै आएको ड्रेसलाई फिल्म भित्र किन प्रयोग गरिन् ?
नोट : मायाज बार सुनिल मानन्धरले मेघा बजेटमा निर्माण गरेको फिल्म हो जसको ८० प्रतिशत सुटिङ सकिसकेको छ । जसलाई दिनेश डिसीले निर्देशन गरिरहेका छन् । तसर्थ प्रतिक्रिया जनाउनुस् मेघा बजेटको फिल्ममा पनि निशाले ड्रेस प्रति ध्यान नदिनुलाई तपाई के भन्नु हुन्छ ?