मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

कलिउडमा हिरोइन फेरिदै, साहानाको ठाँउमा सिम्पल

फिल्मीखबर, काठमाण्डौ, 2012/04/05

तीन साता अघि प्रेस मिट मार्फत अनाउन्स गरिएको फिल्म कलिउडकी हिरोईन परिवर्तन हुने भएकी छिन् । हिरोईन फेर्ने लागेको खबरलाई कलिउड टिमले तत्काल बाहिर ल्याउन चाहेको छैन तर श्रोत अनुसार अब साहाना बज्राचार्यको स्थानमा सिम्पल खनाल अनुबन्धीत भएको करिब पक्का भएको छ ।

 

श्रोतले घुमाउरो ढङ्गमा भन्यो, 'साहानालाई कान्तिपुर टेलिभिजनमा देखिईरहने रहर बढेपछी उनले कलिउड खेल्न नमानेकी हुन् ।' साहाना कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुने फिल्मी प्रोग्राम फ्रेम बाई फ्रेमकी भिजे हुन् । जसलाई नवराज आचार्यले निर्माण एवं निर्देशन गर्छन् । यस्तै आफ्नै भिजे साहानाले लाष्ट अवारमा फिल्म नखेल्ने भनेपछी डिरेक्टर नवराज आचार्य तनावमा छन् ।

 

श्रोत अनुसार कलिउडका हिरो आर्यन सिग्देलले साहानाको ठाँउमा सिम्पल खनाल सिफारिस गरेपछी सो प्रोजेक्टमा सिम्पल अनुबन्धीत हुने करिब फाईनल भईसकेको छ । आर्यन र सिम्पल पछिल्लो समयका मिल्ने साथी हुन् । जसकारण साहानाले कलिउडमा खेल्ने ईच्छा नदेखाएकाले आफ्नो अपोजिटमा सिम्पललाई खेलाउन आर्यनले एप्रेच गरेपछी नवराज पनि सो प्रस्तावमा सहमत भएको श्रोत बताउछ । कलिउडलाई नवराजले डेब्यू फिल्मको रुपमा निर्देशन गर्न लागेका हुन ।


नोटः  साहाना आफैले फिल्म खेल्न नमानेकी हुन्  वा उनलाई यूनिटले खेलाउन नचाहेको हो भन्ने फिल्मीखबरको प्रश्नमा श्रोत बोल्न चाहेन ।