मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रावणका पब्लिसिटी डोजहरू

फिल्मीखबर, काठमाण्डौ, 2012/04/05

यस अघिका प्रोजेक्टमा रेखा फिल्मसका गीतसंगीत जसरी चर्चामा आउथे सोही अनुरूप रिलिजको मुखमा आईसकेको रावणको गीतले पनि चर्चा पाईरहेको छ । कमलकृष्णको डेब्यू निर्देशन रहेको 'रावण' को 'हात्ति घोडा हैन माया चाहियो...' बोलको गीत अझ बिशेष चर्चामा छ ।

 

कमलकृष्णकै संगीत र मीन थापाको शब्द रहेको सो गीतमा डेब्यू गर्दै राकेश खालिङ र मनिषा पोखरेलले स्वर दिएका छन् । शंकर बिसीको करियोग्राफी रहेको  गीतमा रेखा थापासँग नायकको रूपमा डेब्यू किशोर खतिवडाले अनस्क्रिन रोमान्स गरेका छन् । यहि गीतलाई नै निर्माण युनिटले पब्लिसिटीको मेन डोज बनाएको छ ।

 

छबि राज ओझाले निर्माण गरेको 'रावण' यहि चैत्र २७ गतेदेखि मोफसलका हलमा र बैशाख १ गते देखि राजधानीका सिनेमा हलमा प्रदर्शन हुँदैछ । रेखा फिल्म्सले यसअघिका फिल्म जस्तै यो पनि सफल हुने बिश्वास लिएको छ । निर्माण युनिटको यो बिश्वासले कत्तिको साथ पाउने हो त्यो त एक साता पछि थाहा हुनेछ अहिले भने हामी 'रावण' का पब्लिसिटी डोजहरू प्रस्तुत गर्दैछौं ।