मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यू तोडिएको बिषयमा के भन्छन् फिल्मकर्मी ?

फिल्मीखबर, काठमाण्डौ, 2012/04/05

छवि ओझा (निर्माता) : पक्कै पनि समयअनुसार क्यू प्रणाली जायज छैन । जसकारण मैले हिम्मत बाहेक अरू सिनेमा साईडबाटै लगाएँ तर यदि यो प्रणाली भत्किएकै हो भने हाल सम्म क्यूमा बसेका फिल्म र नयाँ फिल्मलाई मिलाएर रिलिज गरिनुपर्छ । तीन बर्षदेखि पालो कुरेर बसेका निर्मातालाई यो निर्णयले अन्यायमा पार्नु हुँदैन ।

अशोक शर्मा (डिसिएन महाप्रबन्धक) : म निर्माता संघको अध्यक्ष भएको बेलामा लागू भएको क्यू सिस्टम त्यतिबेलाको समयको माग थियो तर अहिलेको खुला प्रतिष्पार्धाको समयमा सो नियम आफैमा आउटडेटेड भैसकेको छ । तसर्थ उद्योग बाणिज्य महासंघको सदस्यको हैसियतले म के भन्छु भने हरेक ब्यवसायीले खुला ब्यापार गर्न पाउनुपर्छ । क्यू खारेज हुनु स्वागत योग्य कुरा हो तर हालको मितिसम्म रहेका फिल्मलाई निर्माता संघले न्यायसंगत ढङ्गले रिलिज गर्नु नै उसको जिम्मेबारी हो । तसर्थ क्यू प्रणालीको विपक्षमा म पनि छु ।

राजेन्द्र खड्गी (द्धन्द निर्देशक) : यो सिस्टम पहिले नै हट्नु पर्थ्यो ढिला गरी हटाउने निर्णयलाई म स्वागत गर्न चाहन्छु । अब यो नयाँ प्रक्रियाले ईन्डष्ट्री पनि माथी जानेछ । तर पालो कुरेर बसेको फिल्महरूलाई भने मिलाएर रिलिज गरिनु पर्छ नभए लफडा हुन्छ ।

योगेन्द्र श्रेष्ठ (अध्यक्ष, कलाकार संघ) : क्यू खारेज हुनु ठूलो कुरा हैन तर पनि क्यूमा बसेका फिल्मलाई सकेर खारेज गरेको भए अझै राम्रो हुन्थ्यो कि !

उज्जवल घिमिरे (निर्देशक) : यो प्रणाली खडा गर्नु नै गलत थियो । किनकी सिजन परिकल्पना गरेर फिल्म बनाईन्छ तर क्यूमा पालो कुरेर बस्दा अर्को  सिजनमा फिल्म रिलिज भैदिदा निर्देशकमाथि टिकाटिप्पणी हुने गर्छ तर अब यसो नहोला । त्यसैले क्यू पूर्ण रूपमा खारेज हुनु पर्छ भन्ने पक्षमा म पनि छु ।