मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 4.68/5.00)
Text size:-
+
-

प्रधानमन्त्रीको अगाडी के भने दुई फाईट मास्टरले ?

फिल्मीखबर, काठमाण्डौ, 2012/04/04

फिल्मको पर्दामा हिरोलाई विभिन्न स्टण्ड गराउने दुई फाईट मास्टर राजेन्द्र खड्गी र योगेन्द्र श्रेष्ठ पनि प्रधानमन्त्रीलाई भेट्न मंगलबार सिंहदरबार गएका थिए ।

सय जना फिल्मकर्मीको भिडमा जव कार्यक्रम परिचयात्मक तर्फ अघि बढ्यो तब सवैले आफ्नो बिशेषण सहित नामस्कार भन्दै नाम भन्दै गए त्यतिकैमा पालो आयो राजेन्द्र खड्गीको । अरू फिल्मकर्मीले नमस्ते भने पनि माओवादी पार्टी प्रवेशको ह्याङले खड्गीलाई त्यहाँ पनि छाडेन । छाडोस् पनि कसरी उनको शरिरको नशा नशामा कम्यूनिष्टको रगत बगेको छ त्यसैले त प्रधानमन्त्रीसंगको परिचयको क्रममा उनले लाल सलाम म राजेन्द्र खड्गी भनेर आफ्नो परिचय दिए । राजेन्द्रले परिचय दिदा केही फिल्मकर्मीले उनलाई माओवादी पार्टीको ह्याङले नछाडेको भन्न टिप्पणी गरे ।

यस्तै अर्का फाईट मास्टर योगेन्द्र श्रेष्ठ जो धेरै समारोहमा बोल्ने क्रममा आफ्ना शब्द चिप्ल्याउने गर्छन तर प्रधानमन्त्रीसंगको परिचयको क्रममा उनले आफ्नो संस्थागत हैसित त भने तर उनले भुले आफ्नै नाम भन्न । परिचयको क्रममा उनले भने, 'नमस्ते द्धन्द संघको अध्यक्षको हकमा प्रधानमन्त्रीले ल्याएको सरसफाई अभियानलाई स्वागत धन्यवाद ।' उनले त्यसो भन्दा आफ्नै नाम विर्सिएपछी साईडमा रहेका अशोक शर्माले नाम पनि भन्न विर्सियौ भनेपछी पुनः योगेन्द्रले आफ्नो नाम भनेका थिए । जुन प्रसङ्गले कार्यक्रम हल हाँसोले गुञ्जयमान भएको थियो ।