मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मालतीको भट्टी : गीत प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2012/04/04

देशब्यापी रुपमा जेठ १२ गते देखि  रिलिज हुन लागेको  फिल्म 'मालतीको भट्टी' को गीतलाई  प्रिमियर गरिएको छ । कालीप्रसाद बाँस्कोटाको डेब्यू संगीत रहेको सो गीतमा सनुप पौडेल र सुमन गुरूङको स्वर रहेको छ ।

 

फिल्म भित्र सति सावित्रीको भुमिकामा प्रस्तुत भएकी नन्दिता के सी लाई यस गीतमा ग्ल्यामर रूपमा प्रस्तुत गरिएको छ र उनलाई जीवन लुईटेलले साथ दिएका छन् । यि दुईलाई नचाउने काम रेनशा राईले गरेकी हुन् । गोपाल रसाईलीको संगीत संयोजन रहेको सो गीतलाई तेज प्रसाद पाण्डेले लेखेका हुन् ।
 

काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको 'मालतीको भट्टी' लाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । भारतमा फिल्म निर्देशन सम्बन्धी अध्ययन गरेर आएका गणेशले यसै फिल्मबाट निर्देशकको ट्याग पाएका हुन् । भट्टी वालीको भुमिकामा रेखा थापाको समेत अभिनय रहेको सो फिल्मलाई प्रदिप कुमार उदय, नारायण कुमार पाण्डे 'काबिल', गंगा पौडेल र गोपाल पाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्मलाई संजय लामाले खिचेका हुन् ।