
सवै बर्ग र सवै क्षेत्रलाई सम्बोधन गर्ने उद्देश्य सहित नयाँ कार्यक्रम घोषणा गर्न लागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज सिनेकर्मीलाई भेट्ने भएका छन् ।
भेटघाटका लागि दिउँसो साढे एक बजे कार्यालय सिंहदबारमा डाकेका प्रधानमन्त्रीले सिनेकर्मीबाट आवश्यक सुझाव संकलन सहित सिनेमा क्षेत्रमा देखिएका विद्यमान समस्याको बारेमा प्रत्यक्ष जानकारी लिदैछन् । चलचित्र बिकास बोर्डको नेतृत्वमा सिनेमासंग सम्बन्धित सवै संघसस्थाका प्रतिनिधी प्रधानमन्त्रीलाई भेट्न जादैछन् ।
'प्रधानमन्त्री ज्यूले नयाँ कार्यक्रम घोषणा गर्न लाग्नु भएको छ त्यसैले बोर्डको नेतृत्वमा सवै सिनेकर्मी उहाँलाई भेट्न जादैछौ', बोर्ड अध्यक्ष गणेश भण्डारीले जानकारी गराए । दुई दिन अघि चलचित्र संघले तपाईहरूको दश बुँदे कार्ययोजना खारेज गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई भेटेको थियो कतै सोही बिषयमा कुराकानी गर्न त हैन भन्ने प्रश्नमा भण्डारीले भने, 'त्यो बिषयसंग गोरू बेचेको साईनो पनि छैन त्यसैले बिषय समग्र उद्योगका विधमान समस्या सम्बोधनमा केन्द्रित हुने छ ।'
सिनेमा प्रेमी भट्टराई पावर सेन्ट्रोलाईज गर्न निकै माहिर छन् । राजनीतिक बृत्तमा प्रधानमन्त्री भईकन विभिन्न आलोचना खेपिरहेका भट्टराईले सरकारी तवरबाट सार्वजनिक गरिने निति तथा कार्यक्रममा सिनेकर्मीको माग कसरी सम्बोधन गर्लान् त्यो आगामी दिनमा थाहा हुने छ यध्यपी आफ्नै कार्यालयमा यसरी सिनेकर्मीलाई बोलाएर भेटघाट गर्नुनै प्रशंशनिय कार्य हो । भेटघाटमा चर्चित अभिनेता अभिनेत्रीहरूको पनि सहभागीता रहने छ ।