मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब प्रोमो पनि सेन्सर गर्नु पर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/04/02

सिनेमा सेन्सर प्रक्रिया हटाउने बिषयमा सर्वत्र सहमति भईरहेका बेला प्रोमो देखि अन्य प्रचार सामाग्रीमा अश्लिलता बढेपछी सेन्सर बोर्डले यो बिषयमा थप कडाइ गर्ने भएको छ । सोमबार विभिन्न संघसंस्थासंगको छलफलबाट बोर्डले सेन्सर प्रक्रियामा अब देखि विज्ञापनको रूपमा बजाईने प्रोमो पनि सेन्सर गर्ने नियम अघि सार्न लागेको हो ।

 

फिल्ममा सेन्सर लगाउँदा लगाउँदै निर्माताहरूले अटेर गरेर सेन्सर नकाटी फिल्म चलाएको रिपोर्ट आफूहरूलाई आएको भन्दै सेन्सर बोर्डले सेन्सरको बिषयमा थप कडाई गर्ने भएको हो । बैठकले सेन्सरको निती नितीनियम भित्र रहेर फिल्म बनाउनु पर्ने र नियम मिचेर बनाएका फिल्मलाई कुनै पनि हालतमा पास नगर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय, संस्कृती मन्त्रालय तथा संचार मन्त्रालयका सह-सचिवहरूको साथमा सेन्सर बोर्डका सदस्य, चलचित्र विकास बोर्डका सदस्य, चलचित्र संघका अध्यक्ष र महासचिव, निर्माता संघका अध्यक्ष तथा निर्देशक समाजका अध्यक्षको उपस्थितीमा बसेको बैठकले सेन्सरका लागि आचार संहिता निर्माण टिम पनि तयार गरेको छ । टिमले सामाजिक मर्यादालाई खलल नपुर्‍याउने गरि आचार संहिता निर्माण गर्नेछ र छिट्टै सो आचार संहिता लागु पनि गर्नेछ ।


आचार संहिता निर्माण समितिमा विकास बोर्ड, निर्माता संघ, चलचित्र संघ, निर्देशक समाज, सेन्सर बोर्ड र कलाकार संघका प्रतिनिधी रहेको बुझिएको छ । समितिमा को-को प्रतिनिधी छन् भन्ने बारे खुलाईएको छैन । नेपाली चलचित्रमा दिन प्रतिदिन अश्लिलता भित्रिएको महुसुस गर्दै सामाजिक मर्यादामा खलल पुग्ने देखेर सेन्सर बोर्ड कडाईका साथ प्रस्तुत हुन लागेको हो ।