मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

ईकु ब्याक अगेनको मेन डोजमा पुरू राउटे

फिल्मीखबर, काठमाण्डौ, 2012/04/02

बैशाख १५ गते देखि देशब्यापी रिलिजको तयारीमा रहेको 'ईकु ब्याक अगेन' लाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । पछिल्लो समयका सर्वाधिक ब्यस्त सिनेमाटोग्राफर पुरूको काम गराई क्रियटिभ भईदिंदा उनी अहिले ब्यस्त क्यामेरा पर्सनको रूपमा अगाडी देखा परेका छन् ।

मौका मिले कहिलेकाही सानो तिनो रोलमा समेत देखिने पुरू यस पटक भने राउटे बनेर भिन्न शैलीमा देखिएका छन् । शुलेमान शंकर 'ईकु' निर्मित फिल्मको प्रोमोशनल गीतमा उनी राउटेको भूमिकामा प्रस्तुत भईदिंदा अहिले उनको चौतर्फी चर्चा हुन थालेको छ ।  ईकुमा उनले छोटो भएपनि राम्रो परिचय मिल्ने खालको भूमिका निभाएका छन् । फिगर सुहाउदो कथा भए लिड रोलमा समेत खेल्ने बताउने पुरूले आफ्नो छातिमा आकर्षक ट्याटू समेत खोप्न भ्याएका छन् ।

पात्रलाई क्यामेराबाट कैद गर्दै पर्दामा नचाउन सफल पुरू अरूले गरेको अभिनय झै आफ्नो राउटे गेटअपले कस्तो छाप पार्ला भन्ने बिषयले कौतुहल छन् । ईकुको होसाईवो गीतमा उनले राउटे हुदै आगो खाएका छन्, उफ्रिएर सिठ्ठी फुक्न समेत भ्याएका छन् जुन क्यारेक्टरबाट पुरू हर्षित छन् । उनी भन्छन्, 'राम्रो फिल्म बनाएका छौ त्यसैले पनि क्यामेरा पर्सनको हकमा यो फिल्मको पब्लीसिटीमा सक्रियता जनाईरहेको छु ।' उनलाई फिल्मका निर्देशक सागर लामिछानेले पनि साथ दिएका छन् ।
 

फिल्ममा ईकुको साथमा उनको श्रीमती जया, नेपालको रिप्रेजेन्ट गर्दै ओस्कार सम्म पुगेको फिल्म क्याराभान प्रमुख पात्र थिन्ले पनि लिड रोलमा छन् । फिल्मलाई राउटेहरूको बस्तीमा खिचिएको हो ।