Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धराने दर्शकले काठमाण्डूमा पाए आफ्नै कथा

अर्पण ढकाल, धरान, 2012/04/01

धरान देशभरमै लागुपदार्थ दुर्व्यसनीको संख्या धेरै भएको सहरको रुपमा चिनिन्छ । बिशेषत: यहाँका टिनेजर्स युवायुवती ड्रग्सको कुलतमा फसेको पाइन्छ । यसै सन्दर्भमा ड्रग्स र टिनेजर्सकै विभिन्न समस्यामा केन्द्रित रहेर निर्माण भएको फिल्म काठमाण्डूलाई धराने दर्शकले आफ्नै ठाउँको कथाको रुपमा चित्रण गरेका छन् ।

 

आफ्नै ठाउँ परिवेशको कथा हेरेर भाबुक बनेर हलबाट निस्किएका धराने दर्शकले हल परिसरमा फिल्मका नायक, निर्माता एवं निर्देशक आकाश अधिकारी र नायिका ममता प्रधानको उपस्थिति देख्दा छक्क परेका थिए । शनिबार धरानमा फिल्म प्रदर्शन भएको शिव सिनेमाको बिहानी सो हेर्न पुगेका दर्शकले आकाश र ममतालाई देख्न साथ घेरेर राम्रो फिल्म निर्माण एवं अभिनय गरेकोमा  बधाई दिएका थिए ।


मंगलबारबाट धरानमा प्रदर्शन भएको काठमाण्डू हेर्न शनिबार हलमा दर्शकको भिड जम्मा भएको थियो । त्यसमाथि कलाकारको साथ समेत पाउँदा दर्शक हर्षित देखिन्थे । धरान १८ बाट फिल्म हेर्न आएका रबिन लिम्बुले आफ्नो जीवनमा घटेको घटना फिल्म मार्फत प्रस्तुत गरेर सकारात्मक संदेश दिएकोमा आकाशलाई बधाई दिए । त्यसतै फिल्ममा आस्था नामक चरित्रमा दुर्व्यसनीको भूमिकामा प्रस्तुतु भएकी ममता प्रधान समेत आफ्नो क्यारियरमै पहिलो पल्ट दर्शकसंग फिल्मको प्रतिक्रिया लिन पाउँदा खुसि देखिन्थिन् ।

बिराटनगर घर भएकी ममता अभिनित फिल्म हेर्न उनकी आमा, बहिनि र अन्य पारिवारिक सदस्य समेत हलमा उपस्थित थिए । आफ्ना  परिवारको सदस्य र बिशेष गरि आमाबाट आफ्नो भूमिका र समग्र फिल्मकै सकारात्मक प्रतिक्रिया ममताले पाएकी थिइन् । आकाश र ममता दुवै दर्शकको भिडमा घेरिदै फोटो खिच्न ब्यस्त भएका थिए । आफुले कथा लेख्ने बेला नै धराने दर्शकको माया पाउने आशा गरेको बताउदै अहिले आएर सो आशा पुरा भएको आकाशले बताए । हल जानु अघि स्थानीय पत्रकार एवं एफएममा फिल्म बारे जानकारी गराउन आकाश ब्यस्त भएका थिए ।

धरानमा मंगलबारबाट प्रदर्शनमा आएको फिल्म काठमाण्डू दमकको पाथिभरा हलमा भने शुक्रबारबाट रिलिज भएको थियो । धरानमा जस्तै दमक समेत फिल्मले राम्रो कलेक्सन गरेको छ । धरानमा दर्शकसंग प्रतिक्रिया लिए पछि प्रोमोसनको टोलि दमक पुगेको थियो । ११:३० को सो हेरेर फर्किएका झापाली दर्शकले समेत फिल्म रुचाएका थिए । फिल्म हेर्न उर्लाबारीबाट दमक पुगेका सचिन थापाले फिल्मको कन्टेन्ट देखि लिएर प्राबिधिक पाटो समेत उत्कृष्ट भएको बताए ।


दमकमा हिजो नै पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो । पत्रकारको जिज्ञासा मेटाउदै आकाशले फिल्मले प्रदर्शन भएका सम्पूर्ण हलमा राम्रो व्यापार गरेको बताए । स्थानीय पाथिभरा एफएम र हिमशिखर टिभीमा अन्तर्वार्ता दिएर आकाश र ममता काठमाडौँ फर्किएका छन् । फिल्म पूर्वको बिर्तामोड, बेलबारी, पथरी लगायतका स्थानमा समेत प्रदर्शन हुने क्रममा रहेको छ ।