करिब डेढ दर्जन फिल्म निर्माणको क्रममा निर्माता छबि ओझाले थुप्रै कलाकार र निर्देशकलाई ब्रेक दिएका छन् । कति कलाकार तथा निर्देशक हिट भए त कति सुस्त गतिमा चलिरहेका छन् । यहि ब्रेक दिने निर्देशक मध्येका एक कमलकृष्ण पौड्याल पनि हुन् । कमलकृष्णले निर्देशन गरेको फिल्म यहि चैत्र २७ मोफसलबाट रिलिज हुँदैछ भने राजधानीमा बैशाख १ गते रिलिज हुनेछ ।
रिलिजको दिन नजिकिंदै गर्दा यो फिल्मको चर्चा बढिरहेको छ । तर सिने उधोगमा 'रावण' को बारेमा रेखा फिल्म्सका अघिल्ला प्रोजेक्ट जत्तिको चर्चा भने सुनिएको छैन । यहि कुरामा निर्माता ओझा दु:ख व्यक्त गर्छन् । बिशेषगरी निर्देशकलाई नपत्याएको प्रसङ्ग निकाल्दै छबि भन्छन्, 'मेरो यो फिल्मलाई त्यति पत्याएका छैनन् । फिल्म रिलिज भए पछि थाहा हुन्छ फिल्म भित्र कति दम छ भनेर ।' छबिले रावण हिट हुनेमा दुई मत नरहेको दाबी गरे ।
(1).jpg)
संगीतकारको साथमा राम्रो अभिनेता समेत रहेका कमलकृष्णको निर्देशकिय क्षमताको प्रशंसा गर्दै छबिले भने, 'मैले डेढ दर्जन फिल्म बनाई सकें । ति फिल्मका निर्देशक मध्ये कमलकृष्ण टप थ्रीमा पर्छन् ।' छबिले कमलकृष्णको काम अत्यन्तै राम्रो भएको बताउँदै अन्य दुई टप निर्देशकको नाम भने उल्लेख गरेनन् । छबिले भने, 'अहिले अरू निर्देशकको नाम नलिउँ मात्र यो थाहा पाईराखौं कि कमलकृष्ण कमर्सियल फिल्मका लागि टप डिरेक्टर हुनेछ ।'
फिल्ममा रेखा थापा, सबिन श्रेष्ठ र किशोर किशोर खतिवडाको मुख्य भुमिका रहेको छ । सविन 'अन्दाज' डेब्यू हिरो हुन् भने किशोर सोही ब्यानरको 'कस्ले चोर्यो मेरो मन' मा नेगेटिभ क्यारेक्टरमा आफूलाई प्रस्तुत गरिसकेका कलाकार हुन् । फिल्ममा रेखा आधुनिक सीताको रूपमा प्रस्तुत भएको बताईएको छ ।

