Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जुनमा हाईवे

फिल्मीखबर, काठमाण्डौ, 2012/04/01

केहि साता अगाडी जर्मनीको बर्लिनमा आयोजित बर्लिन फिल्म फेस्टिवलमा  प्रिमियर गरिएको नेपाली फिल्म 'हाईवे' ले जुन १५ तारिखका लागि नेपाल रिलिज डेट घोषणा गरेको छ । नेपाली डेट असार १ गते रिलिजको घोषणा गरेको सो फिल्मलाई दिपक रौनियारले निर्देशन गरेका हुन् ।

 

राजमार्ग तथा समाजका विभिन्न पाँच क्षेत्रमा देखिएका समस्यालाई यथार्थ रूपले चित्रण गरिएको हाईवेलाई समिरमणी दीक्षितले निर्माण गरेका हुन् ।   सौगात मल्ल, कर्म, दयाहाङ राई, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे तथा चर्तित बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र  मिश्र अभिनित हाईवेलाई अमेरिकाको लभेन्चर प्रोडक्सन र नेपालको आदी प्रोडक्सनले मिलेर निर्माण गरेको हो । केदार शर्मा, खगेन्द्र लामिछाने र दिपक रौनियारको कथा रहेको सो फिल्मका  पटकथाकार अबिनाश बिक्रम शाह हुन् ।