दश बुँदे माग पत्र लिएर प्रधानमन्त्री डेलिगेसनमा गाएको चलचित्र संघका पदाधिकारीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सकारात्मक प्रतिक्रिया दिदै घोषित आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् ।
अध्यक्ष राजकुमार पोखरेलको नेतृत्वमा प्रधानमन्त्री भेट्न पुगेको नौ सदस्य प्रदर्शकहरूको टोलीले बुझाएको मागपत्रलाई एक पटक पढेपछी भट्टराईले अधिकाश मागहरू जायज भएको भन्दै ती माग पुरा गर्न आन्दोलन घोषणा जायज नभएको प्रतिक्रिया दिएका हुन् । डेलिगेशन पश्चात महासचिव प्रदिप उदयले भने, 'प्रधानमन्त्री ज्यू हाम्रो माग प्रति सकारात्मक हुनु भएको छ त्यसैले ती माग पुरा गर्न ठूलो समस्या नभएको भन्दै घोषित आन्दोलनलाई स्थिगित गर्न उहाँले सुझाव दिनुभएको छ जसलाई हामीले पनि सकारात्मक रूपमा हेरेका छौ ।'

आन्दोलन घोषणा मिति आउनुभन्दा अघि भट्टराईले सूचना मन्त्रीको समेत हकमा चलचित्र बिकास बोर्डसंग संयूक्त छलफल गरी विवाद अन्त्य गर्ने आश्वासन समेत प्रदर्शकहरूलाई दिएका छन् । एक महिना अघि चलचित्र बिकास बोर्डले उद्योगका उत्थानका निम्ति दश बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो जसको विरूद्धमा बोर्डको सम्पूर्ण संरचना नै खारेज गरिनु पर्ने माग गर्दै संघले समेत दुई साता अघि दश बुदे माग पत्र सार्वजनिक गरेपछी संघ र बोर्डको सित युद्ध सुरू भएको हो । तर सञ्चारमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री भट्टराईले यो युद्धलाई कसरी डिल गर्ने हुन चासो बढाईदिएको छ ।
डेलिगेसनमा अध्यक्ष राजकुमार पोखरेल र महासचिव प्रदिप उदयको साथमा प्रथम उपाध्यक्ष बीरेन्द्र नारायण श्रेष्ठ, दृत्तिय उपाध्यक्ष नकिम उद्धिन, तृतिय उपाध्यक्ष विपिन मल्ल , पश्चिमाचल सभापति अर्जुन श्रेष्ठ,प्रदर्शन सभापति मधुसन प्रधान, सल्लहकार रामबीर मानन्धर तथा कार्यालय साहायक होतराज शर्माको सहभागीता थियो ।

